मङ्लबार, माघ ७, २०८२
Tuesday, January 20, 2026

समानुपातिकतर्फको मतपत्र छपाईको काम शुरू

काठमाडौं । निर्वाचन आयोगले आउँदो फागुन २१ मा हुने चुनावका लागि समानुपातिकतर्फको मतपत्र छपाईको काम शुरू गरेको छ ।

आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले समानुपातिकतर्फको मतपत्र छपाईको काम शुरू गरिएको जानकारी दिनुभयो । आउँदो माघ ९ गतेसम्म समानुपातिकतर्फको मतपत्र छपाईको काम सकिने आयोगले जनाएको छ ।

समानुपातिकतर्फको मतपत्रमा बन्द सूची बुझाएका ५८ दलको चुनाव चिह्न रहनेछ । यो मतपत्र देशैभर एकै आकारमा हुनेछ । समानुपातिकको मतपत्र २ करोड ८ लाख ५० हजार थान छाप्ने आयोगले जनाएको छ । समानुपातिकतर्फको मतपत्र छापिसकेर आउँदो माघ १२ गतेदेखि प्रत्यक्षतर्फको मतपत्र छपाई शुरू हुनेछ ।

प्रत्यक्षतर्फको उम्मेदवारी मनोनयन दर्ता माघ ६ गते हुँदैछ । प्रत्यक्षतर्फ दुई करोड थान मतपत्र छापिनेछ । यस पटक एक करोड ८९ लाख ३ हजार ६ सय ८९ मतदाता छन् ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x