काठमाडौं । नेपाली कांग्रेसका ५ प्रदेश सभापति र ४७ जिल्ला सभापति विशेष महाधिवेशनको विपक्षमा उभिएका छन्। गण्डकी र लुम्बिनीका भने प्रदेश उपसभापतिले हस्ताक्षर गरेका छन्।अन्य ५ प्रदेशसहित ४७ जिल्ला सभापतिहरू महामन्त्रीद्वयले आह्वान गरेको विशेष महाधिवेशनको विपक्षमा उभिँदै वैशाखमा १५ औँ महाधिवेशन गर्नुपर्ने जनाएका हुन्।महामन्त्रीद्वयले आह्वान गरेको विशेष महाधिवेशन भोलिबाट सुरु हुँदै छ।
बाँकी ३० जिल्ला सभापति भने विशेष महाधिवेशनको पक्षमा उभिएका छन्। विशेष महाधिवेशनको विपक्षमा उभिने सभापति शेरबहादुर देउवा र इतर पक्षका नेता डा।शेखर कोइराला पक्षधर हुन्।