बन्दसूचीबाट नाम फिर्ता लिन एमालेका ३ सहित ५० जनाले दिए निवेदन
काठमाडौं । प्रतिनिधिसभा निर्वाचनको समानुपातिक बन्दसूचीमा परेकामध्ये ५० जनाले नाम फिर्ताका लागि निवेदन दिएका छन् ।नेकपा एमालेका ३ जनासहित अहिलेसम्म ५० जनाले बन्दसूचीबाट नाम फिर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएका हुन् ।एमालेका खसआर्य तर्फ नाम समावेश भएका ठाकुर प्रसाद शर्मा, मधेशी महिलातर्फ अंशु सिह, आदिवासी जनजातीतर्फ विजयसिह लामाले नाम फिर्ताका लागि निवेदन दिएका छन् ।
यस्तै राप्रपाबाट ताराकुमारी माझी र जनमत पार्टीको खसआर्यबाट प्रेम प्रसाद आचार्यले नाम फिर्ताका लागि निवेदन दिएको निर्वाचन आयोगले जनाएको छ ।
RELATED NEWS ARTICLES


WRITE COMMENTS FOR THIS ARTICLE