शेयर बजार साढे ५ अङ्कले घट्दा ६ अर्ब ४७ कराेड रुपैयाँकाे काराेबार
काठमाडौं । हप्ताको पहिलो कारोबार दिन शेयर बजार घटेको छ । शेयर बजार परिसूचक नेप्से आज ५ दशमलव ५४ अङ्कले घटेर २ हजार ६ सय ३५ विन्दुमा झरेको छ ।आज विकास बैंक, होटल, उत्पादन र म्युचल फन्ड बाहेक सबै समूहको शेयर घटेकोमा व्यापार समूह १ दशमलव १६ प्रतिशतले ओरालो लागेको छ ।आज १ सय ७८ वटा कम्पनीको शेयर घटेकोमा ७५ वटाको बढेको छ । यस्तै ७ वटा कम्पनीको शेयर घटबढ भएको छैन ।आज सुमर माई हाइड्रोपावर कम्पनीको शेयर सबैभन्दा धेरै ४ दशमलव २५ प्रतिशतले घटेको छ । समग्रमा बजार घटेको दिन एसवाई प्यानल नेपाल र श्रीनगर एग्रिटेक इन्डस्ट्रिज कम्पनीको शेयर भने १० प्रतिशतले बढेको छ ।आज नेप्से घटे पनि कारोबार रकम भने बढेको छ ।
गएको बिहीवार ४ अर्ब ९० करोडको कारोबार भएकोमा आज ३ सय ३३ वटा कम्पनीका १ करोड २३ लाख कित्ता शेयर ६ अर्ब ४७ करोड रुपैयाँमा किनबेच भएको छ ।
RELATED NEWS ARTICLES


WRITE COMMENTS FOR THIS ARTICLE