कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आह्वान
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आह्वान भएको छ ।
मंगलबार बिहान ११ बजे बस्नेगरी बैठक आह्वान गरिएको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।
बैठक केन्द्रीय कार्यालय सानेपामा बस्नेछ ।
पार्टीको विशेष महाधिवेशन पक्षले विशेष महाधिवेशन गरेपछि विवाद बढ्दै गएको छ ।
संस्थापन पक्षीय नेताहरूले विशेष महाधिवेशन अवैधानिक भनिरहेका छन् भने विशेष पक्षधरहरूले भने नेतृत्व र नीति चुन्नेगरी अघि बढ्ने बताएका छन् ।
RELATED NEWS ARTICLES


WRITE COMMENTS FOR THIS ARTICLE