मङ्लबार, माघ ७, २०८२
Tuesday, January 20, 2026

पार्टी फुटाए गगन-विश्व निष्कासनमा पर्नुहुन्छ : श्यामकुमार घिमिरे

काठमाडौं । नेपालील कांग्रेसका नेता श्यामकुमार घिमिरेले पार्टी विभाजनबाट जोगाउन महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले नै भूमिका खेल्नुपर्ने बताएका छन् ।मंगलबार सञ्चारकर्मीहरूसँग कुरा गर्दै घिमिरेले पार्टी विभाजन हुने अवस्थामा पुगे सबैभन्दा ठूलो क्षति महामन्त्रीहरूले बेहोर्ने बताएका हुन् ।

‘विभाजनको बाटोमा जाने हो भने उहाँहरूले चुनाव पनि गुमाउनुहुन्छ, पार्टी पनि । पार्टी फुटाएर गएपछि महाधिवेशनमा भाग लिन पाउनुहुन्न,’ उनले भने, ‘त्यसकारण मलाई विश्वास छ( उहाँहरू सहमतिमा आउनुहुन्छ ।’उनले पार्टी विभाजन हुँदा महामन्त्री र कांग्रेस दुवैलाई घाटा हुने पनि बताए ।‘पार्टी फुटाएर फाइदा छैन । कुनै न कुनै सम्झौतामा आउनुहुन्छ । पार्टी फुटाउने बाटोमा योग्य, पपुलर नेताहरू लाग्नुहुँदैन भन्ने विश्वास छ । उहाँहरू जत्तिको मान्छे नहुँदा कांग्रेसलाई पनि घाटा हुन्छ । तर यो भन्दा धेरै क्षति उहाँहरूले बेहोर्नुपर्छ ।’

सहमति नभए महामन्त्रीहरूलाई काबारही गर्नुहुन्छरु भन्ने प्रश्नमा उनले भने, ‘उहाँहरूले अर्को पार्टी बनाउनु भयो भने निष्काशन गर्नै परेन आफैँ निष्काशन भइहाल्यो नि ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x