मङ्लबार, माघ ७, २०८२
Tuesday, January 20, 2026

विशेष महाधिवेशन पक्षधरले पठाएको ८ बुँदे प्रस्तावमा जुटेन सहमति

काठमाडौं । विशेष महाधिवेशन पक्षधरले पठाएको ८ बुँदे प्रस्तावमा कांग्रेसको संस्थापन पक्षले जवाफ फर्काएको छ ।

८ बुँदामध्ये ३ बुँदा स्वीकार गर्न नसकिने पार्टीका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले जवाफ फर्काएका हुन् ।

महामन्त्री गगन थापालाई भावी प्रधानमन्त्रीको उम्मेदवार तोक्न संस्थापन पक्ष तयार नभएको हा ।

यसैगरी सभापति देउवा निष्क्रिय हुने प्रस्तावलाई पनि खड्काले खारेज गरेको जनाइएको छ । सभापतिको अपमानजनक बहिर्गमन मान्न नसकिने उनको जवाफ छ ।

यसैगरी, सहमति कार्यान्वयनका लागि उच्चस्तरीय समिति गठनबारे पनि खड्काले असहमति जनाएका छन् ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x