कांग्रेसको दोस्रो विशेष महाधिवेशनको निर्वाचन कार्यतालिका संशोधन
काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा जारी कांग्रेसको दोस्रो विशेष महाधिवेशनको निर्वाचन कार्यतालिका संशोधन गरिएको छ ।
बुधबार राति ८ बजेदेखि मतदान सुरु हुने निर्वाचन समितिले जनाएको छ ।
केन्द्रीय निर्वाचन समिति संयोजक सीताराम केसीका अनुसार ५ बजे विरोधको छानबिन पश्चात् पुनस्ः नामावली प्रकाशन गरिनेछ । यस्तै ५ः ३५ बजेसम्म उम्मेदवारको मनोनयन दर्ता फिर्ताको समय छ ।
उनका अनुसार ६ बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिने छ । ८ बजेदेखि ९ बजेसम्म मतदान हुनेछ ।
RELATED NEWS ARTICLES


WRITE COMMENTS FOR THIS ARTICLE