मङ्लबार, माघ ७, २०८२
Tuesday, January 20, 2026

बहुमत कार्यकर्ताको बेगलाई कुनै निर्णयले परिवर्तन गर्न सक्दैनः फरमुल्लाह मन्सुर

काठमाडौं । नेपाली कांग्रेसको देउवा पक्षले कारबाही गरेका सहमहामन्त्री फरमुल्लाह मन्सुरले बहुमत कार्यकर्ताको बेगलाई कुनै निर्णयले परिवर्तन गर्न नसक्ने बताएका छन् ।

काठमाडौंको भृकुटीमण्डपमा जारी विशेष महाधिवेशनलाई सम्बोधन गर्दै नेता मन्सुरले कांग्रेसको अबको नेतृत्व गगनकुमार थापाले मात्रै गर्न सक्ने बताए ।

उनले भने, ‘यहाँ विशेष अधिवेशन चलिरहेको छ, केहीबेरमा नयाँ कार्यसमिति चयन हुन्छ । अर्को कुनै कमिटी छैन, जसले कांग्रेसको नेतृत्व गरोस् ।’

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x