मङ्लबार, माघ ७, २०८२
Tuesday, January 20, 2026

कांग्रेसको कारबाही पछि गगन र विश्वको प्रतिक्रिया

  • 14
  •  
  •  
  •  
  •  
  •  
  •  
    14
    Shares

काठमाडौं। नेपाली कांग्रेसका महामन्त्री गगन थापाले कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको कांग्रेसको कार्यसमिति भंग भइसकेको दाबी गरेका छन् । केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय समितिको बैठकले कारबाही गरेपछि विशेष महाधिवेशन बन्दसत्रलाई सम्बोधन गर्दै थापाले देउवा नेतृत्वको कार्यसमिति भंग भइसकेको बताएका हुन् ।

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको कांग्रेसको कार्यसमिति भंग भइसकेको बताएका छन । कारबाहीको निर्णयपछि विशेष महाधिवेशनलाई सम्बोधन गर्दै केन्द्रीय कार्यसमिति २८ पुसमा भंग भइसकेको दाबी उनले गरेका हुन । यसको जानकारी निर्वाचन आयोगलाई गराइसकेको महामन्त्री थापाले जानकारी दिए । महामन्त्री थापाले सानेपामा बुधबार बसेको केन्द्रीय कार्यसमितिको बैठक अवैध रहेको बताए । विशेष महाधिवेशन सुरु भएपछि केन्द्रीय कार्यसमिति विघटन भइसकेको उनको जिकिर छ । थापाले विशेष महाधिवेशनपछि चुनिएको नेतृत्वले शेरबहादुर देउवासँग आशीर्वाद लिन जाने बताए । उनले आफूलाई कारबाही गरिए पनि कांग्रेसको झण्डा र चुनाव चिह्न आफ्नो रहेको हुँदा भोलि सबै नेताहरूमाझ कांग्रेस नेतृत्व आशीर्वाद लिन जाने बताएका हुन । साथै, थापाले कार्यकर्ताहरूलाई सामाजिक सञ्जालमा नेताहरूलाई गाली नगर्न पनि आग्रह गरे ।

महामन्त्री थापाले कांग्रेस पार्टी कसैको निजी कम्पनी नभएको भन्दै आफूहरूलाई गरिएको कारबाहीको कुनै अर्थ नरहेको पनि प्रष्टीकरण दिए । संस्थापन पक्षले साधारण सदस्य समेत नरहने गरी कारबाहीको घोषणा गरेपछि बुधबार भृकुटीमण्डपमा जारी विशेष महाधिवेशनलाई सम्बोधन गर्दै थापाले यस्तो बताएका हुन । उनले बहुमत प्रतिनिधिहरू जहाँ छन्, त्यहीँ कांग्रेस रहने दाबी गरे । सम्बोधनका क्रममा थापाले कांग्रेस नफुटेको जिकिर गरे । उनले विशिष्ट परिस्थितिमा विशेष महाधिवेशनमार्फत नेतृत्व चयन गरी सबै कांग्रेस कार्यकर्तालाई समेटेर अघि बढ्ने बताए । आफू सत्यताको पक्षमा उभिएकाले निर्वाचन आयोग, संविधान र कानुनले यही कांग्रेसलाई आधिकारिक रूपमा चिन्ने उनको भनाइ थियो । महामन्त्री थापाले संस्थापन पक्षले कांग्रेसका कार्यकर्तालाई अलमल्याउन नसक्ने दाबी पनि गरे । देशभरका नेता कार्यकर्तालाई ढुक्क हुन आग्रह गर्दै थापाले निर्वाचन आयोगले पार्टीको आधिकारिक मान्यता विशेष महाधिवेशनलाई नै दिने प्रष्ट पारे । कांग्रेस देउवा पक्षको कारबाहीलाई विशेष महाधिवेशन पक्षधर नेता गगन थापाले विधानविपरीत र अराजक निर्णय भएको प्रतिक्रिया जनाएका छन् ।

शेरबहादुर देउवा समूहको कारबाहीमा परेका सहमहामन्त्री फरमुल्ला मन्सुरले  कांग्रेसको नेतृत्व हिँड्न सक्ने, बोल्न सक्ने, बुझेर बुझाउन सक्नेले मात्रै गर्ने बताए ।

कांग्रेस विशेष महाधिवेशन पक्षधर नेता विश्वप्रकाश शर्माले अबको एक सातामा गगन थापाको नेतृत्वमा कांग्रेस केन्द्रीय कार्यालयको बैठक बस्ने बताए । महाधिवेशनको हलले आज सानेपामा गरिएको कारबाहीको निर्णयलाई बदर गर्ने निर्णयसमेत लिने उनको भनाइ छ । महामन्त्री शर्माले सानेपाले गरेको कारबाहीलाई देशैभरबाट आएका कार्यकर्ताहरुले अस्वीकार गरेको दाबी गरे । उनको आह्वानमा हलमा भरिएका प्रतिनिधिहरुले हात उठाएर सानेपाको कारबाहीलाई अस्वीकार गरेको जनाएका थिए । कांग्रेसको केन्द्रीय समितिले गरेको महामन्त्रीद्ववमाथिको कारबाहीलगायतका निर्णयहरू विशेष महाधिवेशन हलले खारेज गरेको हो । नेताहरुलाई पाँच वर्षका लागि पार्टी सदस्यसमेत नरहने गरि गरिएको कारबाही अनधिकृत भएको जिकिर विशेष पक्षधरको छ ।  विशेष महाधिवेशनबाट अनुमोदित पार्टी नेतृत्व नै आधिकारिक हुने दाबीपनि उनीहरुको छ ।।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x