मङ्लबार, माघ ७, २०८२
Tuesday, January 20, 2026

माघे संक्रान्तिमा मगर समुदायको सांस्कृतिक र्‍याली

काठमाडौं।माघे सकराती पर्वका अवसरमा काठमाडौंमा बसोबास गर्दै आएका मगर समूदायले सांस्कृतिक र्याली निकालेका छन् । नेपाल मगर संघ केन्द्रीय समितिको आयोजना र बिभिन्न संघसंस्थाको सहभागीतामा बिहीबार मगर समूदायले काठमाडौंको भृकुटिमण्डपबाट टुँडिखेलसम्म सांस्कृतिक र्यालीको आयोजना गरेका हुन् । माघे सकराती विशेषतः मगर जातिमा चेलिबेटीको चाड हो ।

सकरातीमा मगर जातिका कुलदेवताको पूजाआजा गरिन्छ । चेलीलाई पुज्न माघे सकरातीको दिन बिहान दाजुभाइले नुहाएर खालीपेटमा कुल–कुलायन र पुर्खालाई पूजा गरेपछि दिदीबहिनीलाई टीका लगाइदिएर दानदक्षिणा गरी उपहार दिने चलन छ । तरुल, फलफूल, सेल, तरकारीलगायतका परिकार मिलाएर बनाइएको उपहारलाई मगर समुदायमा मिश्रा वा निस्रो (उपहार वा प्रसाद) दिने भनिन्छ ।मगर समूदायका मौलिक संस्कृतिहरु नेपाल सरकारको राष्ट्रिय सूचीमा सुचिकृत गराउदै विश्वव्यापी बनाउने उदेश्यका साथ मगर संघले टुँडिखेलमा मौलिक सांस्कृतिक राष्ट्रिय महोत्सव समेत आयोजना गरेको छ ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x