गगन, विश्वप्रकाश र फरमुल्लाको नाम कांग्रेसको वेबसाइटबाट हटाइयो
काठमाडौं। नेपाली कांग्रेसले विशेष महाधिवेशनबाट सभापतिमा चयन भएका गगनकुमार थापा र उपसभापति विश्वप्रकाश शर्माको तस्बिर पार्टीको आधिकारिक वेबसाइटबाट हटाएको छ ।कांग्रेसले १४औं महाधिवेशनमा महामन्त्री निर्वाचित थापा र शर्माको नाम र तस्बिर बिहीबार बिहान पार्टीको वेबसाइटबाट हटाएको हो । उनीहरुसँगै अर्का सहमहामन्त्री फरमुल्ला मन्सुरको नाम पनि वेबसाइटबाट हटाइएको छ ।
भृकुटीमपण्डामा सम्पन्न दोस्रो विशेष महाधिवेशनबाट थापा सभापति शर्मा उपसभापति र मन्सुर सहमहामन्त्रीमा सर्वसम्मत चयन भएका थिए । त्यसअघि उनीहरूलाई बुधबार बसेको कांग्रेस केन्द्रीय कार्यसमिति बैठकले तत्कालीन महामन्त्री थापासँगै ५ वर्षका लागि साधारण सदस्यसमेत नरहने गरी पार्टीबाट निस्कासित गरेको थियो ।
RELATED NEWS ARTICLES


WRITE COMMENTS FOR THIS ARTICLE