मङ्लबार, माघ ७, २०८२
Tuesday, January 20, 2026

केहि समय दुर्घटनामा परेको पार्टी सफा र चोखिएर आउन सफल भएको उज्यालो नेपाल पार्टीका अध्यक्ष घिसिङकाे भनाइ

काठमाडौं । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले केहि समय दुर्घटनामा परेको पार्टी सफा र चोखिएर आउन सफल भएको बताएका छन् ।

बिहीबार काठमाडौंमा राष्ट्रिय परिवर्तन पार्टी युनाईटेड जेन्जीबीच एकता गर्दै घिसिङले केहि समय अघि करिव १२ दिन आफुहरु दुर्घटनामा परेको भन्दै त्यसपछि चोखिएर आउन सफल भएको बताएका हुन् ।

अँध्यारोबाट बाहिर निस्किन १२ दिन लागेको र त्यो समय आफुहरुका लागि निकै कठिन भएको उनको भनाइ छ ।

घिसिङले पार्टी सफा भएर अब देशलाई पनि सफा गर्ने र उज्यालो बनाउने अभियानमा गम्भीर भएर लाग्ने उल्लेख गरे । उज्यालो नेपाल पार्टीले नयाँ शक्तिको प्रतिनिधित्व गर्ने भन्दै उनले अरु सवै पार्टी पुरानो भइसकेको धारणा राखे ।

जेनजी आन्दोलनको म्याण्डेडलाई सम्बोधन गर्नका लागि उज्यालो नेपाल पार्टी स्थापना भएको उनको भनाइ छ ।

कार्यक्रममा उज्यालो नेपाल पार्टीका अध्यक्ष घिसिङ र राष्ट्रिय परिवर्तन पार्टी(युनाईटेड जेन्जी)का अध्यक्ष राजेश पोर्तेलबीच सहमतिपत्र आदानप्रदान गरिएको थियो ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x