मङ्लबार, माघ ७, २०८२
Tuesday, January 20, 2026

कांग्रेसको विशेष महाधिवेशनमा दुई हजार ६५२ जना महाधिवेशन प्रतिनिधिहरू सहभागी भएको जानकारी

काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशनमा दुई हजार ६५२ जना महाधिवेशन प्रतिनिधिहरू सहभागी भएको जानकारी गराइएको छ । विशेष महाधिवेशनबाट निर्वाचित गगन थापा नेतृत्वको कांग्रेसका प्रवक्ता देवराज चालिसेले ४ हजार ६३५ मताधिकार भएका प्रतिनिधिमध्ये २ हजार ६५२ जना महाधिवेशन प्रतिनिधि उपस्थित भएर नेतृत्व चयन गरेको बताएका हुन् ।

उनले विज्ञप्ति जारी गरी भनेका छन्, ‘विशेष महाअधिवेशन असोज २९ गते पार्टी कार्यालयमा दर्ता हुँदा कुल दुई हार ४८८ जना महाअधिवेशन प्रतिनिधिहरूको हस्ताक्षर संलग्न थियो। दर्तापछि केवल २९ जना ले हस्ताक्षर फिर्ता लिएका थिए । अधिवेशनमा उपस्थिति र सक्रिय सहभागिता अधिवेशनमा कुल महाअधिवेशन प्रतिनिधि संख्या चार हजार ६३५ मध्ये दुई हजार ६५२ जना महाअधिवेशन प्रतिनिधि उपस्थिति रहेको थियो ।’

यस्ताे छ प्रवक्ता देवराज चालीसेकाे विज्ञप्तिः

नेपाली कांग्रेसको दोस्रो विशेष महाअधिवेशन पौष ३० गते विधानसम्मत, बहुमत प्रतिनिधिको उपस्थिति र सहभागितामा पूर्ण रूपमा वैधानिक तरिकाले सम्पन्न भएको विदितै छ। यसले नेपाली कांग्रेसको १४ औ महाअधिवेशनवाट निर्वाचित केन्द्रीय समिति भंग गरि १५ औ महाअधिवेशन सम्पन्न नभएसम्मको लागि श्री गगन कुमार थापाको सभापतित्वमा नया केन्द्रीय समितिको निर्माण गरेको व्यहोरा समेत सार्वजानीक भैसकेको छ । यस विच विशेष महाअधिवेशन सम्पन्न भएपछि पनि केही महाअधिवेशन प्रतिनिधिहरूले दस्तखत फिर्ता लिएको भन्ने केहि संचारमाध्यमहरूमा प्रचार भएको देखिएको हुदा यसको सत्यता तथा वैधानिक प्रभाव सम्बन्धमा निम्न बुँदाहरू स्पष्ट गर्न आवश्यक ठानी नेपाली कांग्रेस केन्द्रीय समितिको तर्फवाट यों जानकारी सार्वजानिक गरिएको छ ।

१. दर्ताको समयमा दस्तखतको स्थिति • विशेष महाअधिवेशन असोज २९ गते पार्टी कार्यालयमा दर्ता हुँदा कुल २,४८८ जना महाअधिवेशन प्रतिनिधिहरूको हस्ताक्षर संलग्न थियो। • दर्तापछि केवल २९ जना ले हस्ताक्षर फिर्ता लिएका थिए।

२. अधिवेशनमा उपस्थिति र सक्रिय सहभागिता • अधिवेशनमा कुल महाअधिवेशन प्रतिनिधि संख्या ४,६३५ मध्ये २,६५२ जना महाअधिवेशन प्रतिनिधि उपस्थिति रहेको थियो । • उपस्थित सबै प्रतिनिधिहरूले निर्णय प्रक्रियामा पूर्ण रूपमा भाग लिए र मतदान/बहसमा सक्रिय सहभागी भए।

३. अधिवेशन सम्पन्न भएपछि फिर्ता लिइएको दाबीको कानुनी/वैधानिक प्रभाव • अधिवेशन सफलतापूर्वक सम्पन्न भइसकेपछि फिर्ता लिइएको भनिने हस्ताक्षतले विशेष महाअधिवेशनको वैधानिकता, निर्णय प्रक्रिया वा निर्णयहरूको वैधता मा कुनै प्रभाव पार्दैन। • नेपालको संविधान, नेपाली कांग्रेसको विधान तथा नियमावलीअनुसार एकपटक वैधानिक रूपमा दर्ता भई सम्पन्न भएको अधिवेशनको निर्णयलाई पछिको हस्ताक्षर फिर्ताले रद्द वा प्रभावित गर्न मिल्दैन।

४. केहि दस्तखतहरू फिर्ता भएको भनिएको प्रचारको विश्वसनीयता र आधार • दस्तखत फिर्ता लिएको भनिएको समय, संख्या (जस्तै: २९ भन्दा धेरै दाबी) र व्यक्तिहरू को कुनै आधिकारिक सूची, प्रमाणित कागजात वा सत्यापित विवरण सार्वजनिक रूपमा उपलब्ध छैन। • यो प्रचार राजनीतिक प्रचारात्मक प्रयोजन र सार्वजनिक धारणा प्रभावित गर्नका लागि मात्र फैलाइएको अतिरञ्जित/भ्रामक दाबी हो भन्ने स्पष्ट छ।

 

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x