३० आश्विन २०८३, शुक्रबार

निर्वाचन कार्यालय स्थापना

0
Shares


काठमाडौं। आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि देशभरका सवै निर्वाचन क्षेत्रमा मुख्य निर्वाचन अधिकृत एवं निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ ।

शुक्रबार देशभरका जिल्ला सदरमुकाममा मुख्य निर्वाचन अधिकृतको कार्यालय र सदरमुकाम बाहिरका निर्वाचन क्षेत्रमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको हो । यसै क्रममा काठमाडौंमा सवै निर्वाचन क्षेत्रमा पनि मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ । काठमाडौं प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं १ मा कार्यालय स्थापना गर्ने क्रममा काठमाडौंका प्रमुख जिल्ला अधिकारी ईश्वर राज पौडेलले प्रत्येक नागरिकले स्वतन्त्रतापूर्वक आफ्नो मतदानको अधिकारको व्यवस्थालाई प्रत्याभूत गराउन सवै प्रकारको सुरक्षाका रणनीति अंगिकार गर्ने बताए। निर्वाचनलाइ सफल बनाउन दलहरुको समेत सहयोग लिएर अघि बढ्ने उनको भनाइ छ  ।

जिल्ला सदरमुकाममा ७७ वटा मुख्य निर्वाचन अधिकृतको कार्यालय र त्यस बाहिरका ८८ प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको हो । मुख्य निर्वाचन अधिकृतको कार्यालयको नेतृत्व जिल्ला अदालतका मुख्य न्यायाधीशले गर्नेगरी व्यवस्था गरिएको छ भने ७७ जना मुख्य जिल्ला न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत र न्याय सेवाका ८८ जना द्वितीय श्रेणीका अधिकृतलाई निर्वाचन अधिकृतको जिम्मेवारी तोकिएको छ ।