मङ्लबार, माघ ७, २०८२
Tuesday, January 20, 2026

शेरबहादुर देउवा पक्षद्वारा आफुहरु कांग्रेसको आधिकारिक पक्ष भएको दाबी सहित प्रमाण पेश, आयोगले मान्यता नदिए देशभर आन्दोलन गर्ने चेतावनी

काठमाडौं। नेपाली कांग्रेसको आधिकारीकता कोसँग भन्ने विषयले चर्को विवाद बढाएको छ । शेरबहादुर देउवा पक्षीय नेताहरुले ४० प्रतिशत महाधिवेशन प्रतिनिधिहरूले विशेष महाधिवेशन बोलाउने अधिकार रहे पनि विशेष महाधिवेशनको कार्यसूची, कार्यतालिका, कार्यविधिहरू केन्द्रीय समितिले नै बनाउनुपर्ने स्पष्ट व्यवस्था रहेको भन्दै तत्कालिन महामन्त्रीहरुले बोलाएको विशेष महाधिवेसन नभएर एक भेला भएको दाबी गरेका छन् । उनिहरुले यदी आयोगले आफुहरुलाई मान्यता नदिए आन्दोलन गर्ने चेतावनी समेत दिएका छन् ।

शेरबहादुर देउवा र नेता डा. शेखर कोइरालाको समुहको सहभागिता बिना सम्पन्न भएको नेपाली कांग्रेसको विशेष महाधिवेसनबाट गगन थापाको नेतृत्वमा नयाँ केन्द्रीय कार्यसमिति चयन भएसँगै नेपाली कांग्रेसको आधिकारीकता कसलाई भन्ने विषयमा प्रश्न उठेको छ । सभापति थापा  पक्षले पार्टीको विधानको धारा १७ को उपधारा २ बमोजिम ५४ प्रतिशत भन्दा धेरै महाधिवेशन प्रतिनिधिको उपस्थितिमा आफुहरुले विशेष महाधिवेसन गरेर नयाँ नेतृत्व चयन गरेकाले पार्टीको विवरण अद्यावधिक गर्न माग गर्दै आएका छन् । तर, शेरबहादुर देउवा पक्ष यो मान्न तयार छैन। पार्टीको विधानमा कांग्रेस केन्द्रीय समिति नै सर्वश्रेष्ठ हुने भएकाले बहुमत केन्द्रीय सदस्यको निर्णविपरित गरिएको विशेष महाधिवेसन मान्य नहुने दाबी गरेका छन् ।  शेरबहादुर देउवा पक्षले पार्टीको विधानविपरीत केही व्यक्तिहरूले विशेष महाधिवेशनको नाममा भेला डाकेको आरोप लगाएको हो । सानेपास्थित पार्टीको केन्द्रीय कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै देउवा पक्षका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले विधानविपरीत विशेष महाधिवेशनका नाममा भेला डाकिएको बताए  ।सम्मेलनमा उनले पार्टी विधानअनुसार चल्ने भन्दै राजनीतिक दलको काँधमा अहिले संविधान रक्षा गर्ने दायित्व रहेको उल्लेख गरे । विषम परिस्थिति रहेको अवस्थामा पार्टीका केही व्यक्तिहरूले विशेष महाधिवेशनको नाममा पार्टी अनुशासनबाहिर गएर गतिविधि गरेको उनको आरोप छ ।विशेष महाधिवेशनको नाममा भेला बोलाएर पार्टीको विधानविपरित निर्वाचन आयोगमा पुगेको जानकारी पाएको बताउँदै कार्यवाहक सभापति खड्काले  आफूहरु पनि आयोग पुगेर गम्भीर ध्यानाकर्षण गराएको जानकारी दिए ।

निर्वाचन आयोगले मान्यता नदिए देशभर आन्दोलन गर्ने उनको चेतावनी छ । निर्वाचन आयोग गलत बाटोमा जान्छ भन्ने आफुलाई नलागेपनि  आशंकाहरू रहेको बताउदै उनले   गाउँगाउँ, वडावडाबाट चारतारे झण्डा लिएर आन्दोलित होमिने दाबी गरे । उनले त्यस्तो अवस्थामा आए पार्टीको आह्वानमा आन्दोनलमा होमिन देशभरका कार्यकर्ता र संघसंगठनलाई निर्देशन दिए ।

यसअघि आयोग पुगेर देउवा पक्षका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले विशेष महाधिवेशनमा सहभागी रहेका भनिएका ८८५ हस्ताक्षरकर्ता विशेष महाधिवेशनबाट बाहिरिएको समेत दाबी गरेका थिए । ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिको हस्ताक्षरसहित विशेष महाधिवेशन गरेको भनिएको भए पनि ८८५ हस्ताक्षर कर्ताले हस्ताक्षर फिर्ता लिएको दाबी गरेका हुन् । हस्ताक्षर फिर्ता लिएको प्रमाण पार्टी कार्यालयमा मुख्यसचिवलाई कार्यवाहक सभापतिलाई सम्बोधन गरेर बुझाएको बताएको बताउदै उनले प्रमाण पेश गरेको दाबी गरे ।

नेता डा. शेखर कोइरालाले गगन थापाको नेतृत्वमा जानेहरू पार्टीबाट चोइटिएर मात्रै गएको टिप्पणी गरे । निर्वाचन आयोगमा आधिकारिकताको दाबीका लागि पुगेका कोइरालाले बहुमत केन्द्रीय सदस्यहरू अहिले पनि आफूहरूसँग रहेको बताए । निर्वाचन आयोगमा जानुपर्ने विषय नै नरहेको तर सञ्चारमाध्यमहरूले बाध्य बनाएको उनको भनाइ छ । निर्वाचन आयोगले पार्टीको आधिकारिकताको कुरा लोकतान्त्रिक पद्धतिअनुसार गर्ने बताए ।

शुक्रबार निर्वाचन आयोगमा पुगेका  देउवा समूहका अन्य नेताहरुले विशेष महाधिवेशनको कुनै वैधानिक हैसियत नरहेको टिप्पणी गरे ।  कांग्रेस देउवा समूहका नेताहरुले सञ्चारकर्मीहरुसंग कुरा गर्दै उनीहरुले व्यक्तिको आह्वानमा भएको विशेष महाधिवेशनको कुनै वैधानिक हैसियत नरहेको भन्दै अहिले पनि कांग्रेस बलियो अवस्थामा रहेको बताएका हुन् । कानून अनुसार नै निर्वाचन आयोगले निर्णय गर्ने विश्वास व्यक्त गरे । ््कांग्रेसका नेताहरुले आयोगले विधि बिधान बिपरित निर्णय गरे राज्यका लागि दुर्भाग्य हुने समेत बताएका छन् ।

देउवा समूहको दस्ताबेज बुझ्दै कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले भण्डारीले विधि र पद्धतिमा रहेर आयोगले निर्णय गर्ने भन्दै निर्वाचनका सबै कार्यक्रममा सक्रिय सहभागिताका लािग पनि आग्रह गरे ।

नेपाली कांग्रेसको दुवै समूहका नेताहरू एकपछि अर्को गर्दै निर्वाचन आयोगमा पुगेर दबाब बढाएसँगै कांग्रेसको आधिकारिकताको विवाद छिटो टुंग्याउन निर्वाचन आयोगमाथि समयको चर्को दबाब परेको छ ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x