मङ्लबार, माघ ७, २०८२
Tuesday, January 20, 2026

कालिकोटको सल्लेरीमा जीप दुर्घटना : तीन जनाको मृत्यु

काठमाडौं । कालिकोटको सेरी पान्तडी सडक खण्डअन्तर्गत शुभकालिका गाउँपालिका–४ सल्लेरीमा हिजो बेलुका भएको जीप दुर्घटनामा तीन जनाको ज्यान गएको छ ।

भे १ ज २८९८ नम्बरको जीप उकालोमा ब्याक भएर दुर्घटना हुँदा दैलेख आठबिस नगरपालिका घर भएका २८ वर्षीय शंकर कठायत, अछामका २७ वर्षीय देपेन्द्र शाही र सहचालक कालिकोटको शुभकालिका–२ का २५ वर्षीय नवराज शाहीको ज्यान गएको कालिकोटका प्रहरी प्रमुख डीएसपी हिमबहादुर खत्रीले जानकारी दिएका छन् ।

उनका अनुसार तीनै जना सेरी पान्तडी सडक खन्ने काममा संलग्न थिए । जीप डिजेल बोकेर पान्तडी जाँदै थियो ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x