बिहिबार, बैशाख ३, २०८३
Thursday, April 16, 2026

दुर्गा प्रसाईं र सरकारबीच सहमति : आन्दोलनका कार्यक्रम स्थगित

काठमाडौं ।    नागरिक बचाउ महाभियानका केन्द्रीय अध्यक्ष दुर्गा प्रसाईं र सरकारबीच सहमति भएको छ । प्रसाईं समूहले राखेका विभिन्न २७ बुँदे मागमा छलफलपछि १२ बुँदामा सहमति भएको हो ।

प्रधानमन्त्री सुशीला कार्कीलाई साक्षी राख्दै नेपाल सरकारको तर्फबाट वार्ता समितिका संयोजक सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेल र प्रसाईंले सिंहदरबारमा हिजो एक समारोहकाबीच सम्झौतापत्रमा हस्ताक्षर गरे ।

आर्थिक क्षेत्रमा देखिएका समस्या समाधानका लागि लघुवित्त र सहकारीका ऋणीलाई राहत दिने गरी विशेष सहमति भएको छ । साथै, बैंक तथा वित्तीय संस्थाहरूले ऋण प्रवाह गर्दा ऋणीबाट भविष्यको मिति राखेर चेक लिन नपाउने व्यवस्था कडाइका साथ लागू गरिने र कालो सूचीमा परेकालाई सहजै सूचीबाट हटाउने कार्यविधि बनाइनेलगायत सम्झौतामा उल्लेख छ ।

सहमतिसँगै प्रसाईं समूहले आन्दोलनका सबै कार्यक्रम स्थगित गरेको छ ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x