निवर्तमान सभापति देउवाप्रति आभार व्यक्त गर्ने कांग्रेसको निर्णय
काठमाण्डौ । नेपाली कांग्रेसले निवर्तमान सभापति शेरबहादुर देउवाप्रति आभार व्यक्त गरेको छ । निर्वाचन आयोगबाट आधिकारिकता पाएपछि आज बसेको केन्द्रीय कार्यसमितिको बैठकले लामो समयसम्म पार्टीको नेतृत्व गरेकोमा देउवाप्रति आभार व्यक्त गरेको प्रवक्ता देवराज चालिसेले जानकारी दिए ।यस्तै बैठकले पार्टीमा निष्क्रिय रहेका र विभिन्न कारणले पार्टी छाडेकाहरूलाई फर्कन आह्वान गरेको छ ।
त्यस्तै, आउँदो फागुन २१ गतेको चुनावमा सक्रिय हुन पार्टी पंक्तिलाई अपिल गर्ने निर्णय पनि गरेको प्रवक्ता चालिसेले बताउनुभयो । उनले निर्वाचन आयोगले काँग्रेसको विधान र संविधानअनुसार नै आधिकारिकता प्रदान गरेकोले मुद्दामामिला नलाग्न अर्को पक्षलाई आग्रह पनि गरे।
शेरबहादुर देउवा पक्षका नेताहरुले आजनै बैठक बसेर आयोगको निर्णय विरुद्धमा सर्वोच्च जाने निर्णय गरेका थिए ।
RELATED NEWS ARTICLES


WRITE COMMENTS FOR THIS ARTICLE