काँग्रेस–एमालेलाई कमजोर बनाउन प्रधानमन्त्रीको अन्तर्राष्ट्रिय शक्तिहरुसँग मिलेमतो छः महेश बस्नेत
काठमाडौं। नेकपा एमालेका सचिव महेश बस्नेतले नेपाली काँग्रेसको विभाजनमा प्रधानमन्त्री सुशीला कार्की आफै संलग्न रहेको आरोप लगाएका छन्। शनिवार पार्टी मुख्यालय च्यासलमा सञ्चारकर्मीहरुले राखेका जिज्ञासाको जवाफ दिने क्रममा उहाँले सो आरोप लगाएका हुन।सचिव बस्नेतले निर्वाचन आयोगले विशेष महाधिवेशनलाई वैधानिकता दिएर कानून विपरित काम गरेको जिकिर गर्दै त्यसलाई काँग्रेस र एमालेमाथिको प्रहारको रुपमा आफनो पार्टीले लिएको जिकीर समेत गरे । उनले प्रधानमन्त्री कार्की र अन्तर्राष्ट्रिय शक्तिहरुले काँग्रेसलाई विभाजन गरेर रवि लामिछाने जस्तालाई बलियो बनाउने कुकर्म गरिरहेको समेत बताए।
उनले भने ,‘ जुन ढंगले सेटिङको आधारमा एक घण्टाको अन्तरालमा निर्वाचन आयोगले जे निर्णय ग¥यो । त्यो बेठिक ग¥यो भन्ने शेरबहादुर देउवाजीहरुले जे भन्नुभएको छ । त्यो कुरामा हाम्रो पनि समर्थन छ । र काँग्रेसको विभाजन भनेको लोकतन्त्र माथिको प्रहार हो । काँग्रेस र एमाले जस्तो शक्तिलाई कमजोर बनाउने र रवि लामिछाने जस्ता बलियो बनाउने कुरामा सुशीला कार्की लगायतका अन्तर्राष्ट्रिय शक्तिहरु जुन ढंगले लागेका छन् । यो निकै गम्भिर विषय हो भन्ने हाम्रो निष्कर्ष हो । यसलाई हामीले धेरै गम्भिरताका साथ हेरेका छौँ । ’
सचिव बस्नेतले सरकारविरुद्ध पार्टीले आन्दोलन गर्नुपर्ने अवस्था आउने चेतावनी समेत दिए ।
RELATED NEWS ARTICLES


WRITE COMMENTS FOR THIS ARTICLE