आइतवार, जेष्ठ १७, २०८३
Sunday, May 31, 2026

काँग्रेस नेताहरु भन्छन्, ‘काँग्रेस एकतावद्ध हुनुको विकल्प छैन’

काठमाडौं। नेपाली काँग्रेसका सहमहामन्त्री उदय शमशेर राणाले आगामी निर्वाचनमा नेपाली काँग्रेस एकतावद्ध भएर जानुको विकल्प नभएको बताएका छन्।काँग्रेसको शनिवार बानेश्वरमा बसेको केन्द्रिय समितिको बैठकपछि न्युज एजेन्सी नेपालसँग कुरा गर्दै उनले काँग्रेस एकतावद्ध नभएका समस्या आउने बताएका हुन।उनले विशेष महाधिवेशनले सुतेर बसको काँग्रेसलाई जागरुक बनाएको बताए । यद्यपि सबै पक्ष एक ठाउँमा उभिन नसकेका निर्वाचनमा पार्टीलाई ठुलो असर गर्ने उनको भनाई छ । उनले पार्टी र देशको लागि एकतवद्ध हुन सबैलाई आग्रह गर्नुभयो । निर्वाचनको लागि उम्मेद्वार सिफारिसमा अब भागबण्डा नहुने पनि उहाँले बताए । टिकटमा अब ६०र४० को भागवण्डा अन्त्य हुने उनको दाबी छ । उनले जित्ने सम्भावना बढी भएको व्यक्तिलाई उम्मेद्वार बनाउने बताए ।

उनले भने , ‘चुनाव अगाडी एकतावद्ध भएर नेपाली कांग्रेस जानुपर्छ । सुतेर बसेको काँग्रेसमा जागरण आएपनि हामीहरु एकै ठाउँमा उभिन नसके भोली समस्या आउँछ । यो हाम्रो निम्ति मात्रै होईन काँग्रेसको भविष्यको निम्ति हामी एकढिक्का भएर अगाडी बढौँ । धेरै समय छैन । हामीले भन्दै आएका छौँ । टिकटमा पनि अव ६०÷४० भन्ने चिज अब बाँकी रहेन । जसको नाम सिफारिस भएको छ, जसको जित्ने सम्भावना बढी छ, उहाँहरुलाई टिकट दिने भन्ने हामी सबैको कुरा छ ।’
काँग्रेसका केन्द्रिय सदस्य विनोद चौधरीले पार्टीको विधानअनुसार नै विशेष महाधिवेशन भएकोले यसलाई सबैले स्वीकार गर्नुपर्ने बताए । विशेष महाधिवेशनले दिएको म्याण्डेटलाई स्वीकार गरेर निर्वाचनमा सहभागी हुनुपर्नेमा उहाँले जोड दिए। नयाँ पुरानो नभनी सबै एकजुट भएर निर्वाचनमा होमिन उहाँले आग्रह गरे । निर्वाचनमा जाँदा नविन काँग्रेसको मानसिकता बोकेर जानुपर्ने उहाँले बताए।

उनले भने , ‘विशेष महाधिवेशन नेपाली काँग्रेसको विधान अन्र्तगत आयोजना गरिएको महाधिवेशन हो । महाधिवेशनले एउटा म्याण्डेड दियो । त्यो म्याण्डेडलाई सबैले स्वीकार्नुपर्छ । यसमा पुरानो नयाँ भन्ने प्रश्न नै आउँदैन । अहिले सबैका ध्यान निर्वाचनतर्फ केन्द्रित हुनुपर्छ । निर्वाचनमा जाँदाखेरि नविन नेपाली काँग्रेसलाई लिएर सबैजना जाँदैछन् भन्ने मानसिकताका साथ जानुपर्छ ।’

काँग्रेस नेताहरुले विशेष महाधिवेशनलाई कसैको जित र हारको विषय नबनाई अगाडी बढ्नुपर्नेमा जोड दिएका छन्। । काँग्रेसमका लामो समयदेखि योगदान पु¥याउने नेताहरुलाई सम्मानका साथ उचित भुमिका दिनुपर्नेमा आफूहरु स्पष्ट रहेको उनीहरुको भनाई छ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x