शोक प्रश्ताव पारित गरेर सकियो राष्ट्रिय सभाको चालु अधिवेशनको पहिलो बैठक
काठमाडौं ।शोक प्रश्ताव पारित गर्दै राष्ट्रिय सभाको बैठक स्थगित भएको छ ।आईतवार सिंहदरबारमा बसेको चालु अधिवेशको पहिलो बैठक शोक प्रश्ताव पारित गरेको सकिएको हो । बैठकमा राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहालले अधिवेशन आह्वानसम्बन्धी राष्ट्रपतिबाट प्राप्त पत्रको व्यहोरा जानकारी गराए ।
साथै राष्ट्रिय सभा सदस्य बलदेव बोहराको निधनमा शोक प्रश्ताव प्रश्तुत गरे । प्रश्तावलाई सभाले सर्वसम्मत पारित गर्दै उहाँको निधनमा एक मिनेट मौनधारण समेत ग¥यो । शोक प्रश्ताव पारित भएसँगै राष्ट्रिय सभाको अर्को बैठक माघ ९ गतेका लागि बोलाइएको छ ।
RELATED NEWS ARTICLES


WRITE COMMENTS FOR THIS ARTICLE