काँग्रेसको सबै पक्ष एकतावद्ध भएर अघि बढ्छः धनराज गुरुङ
काठमाडौं। नेपाली काँग्रेसका नेता धनराज गुरुङले नेपाली काँग्रेसका सबै पक्ष एकतावद्ध भएर अघि बढने बताएका छन् ।
आईतवार वरिष्ठ नेता डा। शेखर कोईराला पक्षले आयोजना गरेको भेला पछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले सो दाबी गरेका हुन् । नेता गुरुङले भेलामा सहभागी भएका सबै नेता, कार्यकर्ताहरुले पनि काँग्रेसका सबै पक्ष मिलेर अघि बढ्नुपर्ने धारणा राखेएको समेत बताए । उनले काँग्रेस एउटा घर भएको उल्लेख गर्दै परिवारका सदस्यहरुबीच झगडा हुने कुरालाई आफूले सामान्य रुपमा लिनुपर्ने बताए । नेता गुरुङले शेखर कोईराला पनि पार्टी एकताको पक्षमा रहेको बताए ।
उनले भने, ‘नयाँ परिस्थितिमा साथीहरुको कुरा सुन्नका लागि यहाँ भेला भएका हौ । देशभरका साथीहरु आउनु भएको छ । त्यसकारण अहिले साथीहरुको कुरा सुन्ने, उहाँहरुको मनको कुरा बुझने काम भएको छ । कुनै पनि निर्णय गर्न यहाँ भेला भएको होइन । तर काँग्रेस मिलेर अघि बढनुपर्छ भन्ने साथीहरुको कुरा आएको छ । र, हामी सबैको एउटै कुरा हो–मिलेरै अघि बढने हो । काँग्रेस भनेको मैले पटक पटक भन्ने गरेको छु–काँग्रेस भनेको एउटा घर हो । एउटा परिवार हौ हामी । त्यसकारणले गर्दा परिवारमा कहिलेकाँही झगडा हुन्छ, को अगाडि बस्ने, को पछाडि बन्ने भन्ने सामान्य विषय हो यो । त्यसरकारण अहिलेको विषयलाई त्यतिधेरै तीललाई पहाड बनाएर लिनुपर्छ भन्ने होइन । यसलाई सामान्य रुपमा नै ग्रहण गर्नुपर्छ भन्ने मलाई लाग्दछ ।’
नेता गुरुङले काँग्रेस भित्रको विषयमा तीललाई पहाड बनाएजस्तो नगर्न पनि सबैलाई आग्रह गरे ।
RELATED NEWS ARTICLES


WRITE COMMENTS FOR THIS ARTICLE