३० आश्विन २०८३, शुक्रबार

खेलकुदमन्त्री गुप्ताद्वारा राजीनामा

0
Shares


काठमाडौं । युवा तथा खेलकुद मन्त्री बब्लु गुप्ताले पदबाट राजीनामा दिएका छन् ।

हिजो बेलुकी प्रधानमन्त्री सुशीला कार्कीलाई भेटेर राजीनामाबारे जानकारी गराएको र आज बिदा परेकाले भोलि मात्रै राजीनामा पत्र दर्ता हुने जनाइएको छ ।

उनी राष्ट्रिय स्वतन्त्र पार्टी बाट सिराहा क्षेत्र नम्बर १ मा उम्मेदवार बन्ने तयारीमा छन् ।

आज उनि रास्वपा सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन शाहसँगै जनकपुरको चुनावी अभियानमा पुगेका छन् ।