मङ्लबार, माघ ७, २०८२
Tuesday, January 20, 2026

सुनचाँदीको भाउमा फेरि कीर्तिमान : सुन तोलाको २ लाख ८२ हजार पुग्यो

काठमाण्डौ – सुनचाँदीको भाउले फेरि कीर्तिमान बनाएको छ । आज सुनको भाउ तोलाको २ लाख ८२ हजार रुपैयाँ र चाँदीको भाउ तोलाको ५ हजार ८ सय १० रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।हिजो सुनको भाउ तोलाको २ लाख ७७ हजार ८ सय रुपैयाँ र चाँदीको भाउ तोलाको ५ हजार ६ सय २५ रुपैयाँ थियो ।

यसअघि पुस ३० गते बुधवार सुनको भाउ तोलाको २ लाख ७८ हजार र चाँदीको भाउ तोलाको ५ हजार ६ सय ५५ रुपैयाँ पुगेर कीर्तिमान बनाएको थियो ।त्यसयता सामान्य घटबढ हुँदै आएको सुनचाँदीको भाउले आज फेरि नयाँ कीर्तिमान बनाएको हो ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x