मङ्लबार, माघ २८, २०८२
Tuesday, February 10, 2026

चिलीको वन डढेलोमा परी मृत्यु हुनेको संख्या १८ पुग्यो

काठमाडौं। चिलीका राष्ट्रपति ग्याब्रिएल बोरिकले देशको मध्य–दक्षिणी क्षेत्रमा विनाश निम्त्याइरहेको वन डढेलोका कारण मृत्यु हुनेको संख्या १८ पुगेको र यो संख्या अझै बढ्ने सम्भावना रहेको बताएका छन्। सान्टियागोबाट करिब ५०० किलोमिटर दक्षिणमा रहेको बायोबियो क्षेत्रको कन्सेप्सनमा पत्रकारहरूसँग कुरा गर्दै उनले अहिलेसम्म १८ जनाको मृत्यु भएको पुष्टि गरे । यो संख्या बढ्ने बताए । प्रारम्भिक अनुमानअनुसार बायोबियोमा मात्रै करिव ३ सय घरहरू ध्वस्त भएका छन् । अन्तिम क्षति १ हजार घरभन्दा बढी हुनसक्ने चेतावनी दिइएको छ ।

पेन्को, नासिमिएन्टो र लाजा जस्ता नगरपालिकाहरूमा कफ्र्यु आदेश जारी गरिएको छ ।राष्ट्रिय वन निगमकाअनुसार हाल १४ वटा डढेलो रेड अलर्ट अन्तर्गत सक्रिय छन् भने देशभर २४ हजार हेक्टरभन्दा बढी क्षेत्रफल डढेलोले सखाप पारेको छ । यस विपद्को सामना गर्न राष्ट्रपति बोरिकले नुब्ले र बायोबियो क्षेत्रमा संकटकालको घोषणा गरेका छन् ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x