काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाको परिवर्तनको उद्घोष सभा जनकपुरमा सुरु भएको छ। रास्वपाका सभापति रवि लामिछाने, वरिष्ठ नेता बालेन्द्र शाह ९बालेन०सहितका नेताले सम्बोधन गर्ने सभामा हजारौँको उपस्थिति छ।सभास्थल तिरहुतिया गाछी भरिभराउ हुँदैछ।अहिले पनि जुलुससहित सहभागी आउने क्रम जारी रहेको छ।
कार्यक्रममा जेनजी पुस्ताका मानिस बढी सहभागी छन्। कार्यक्रममा प्रमुख केन्द्रविन्दु रास्वपाका वरिष्ठ नेता बालेन बनेका छन्।कार्यक्रमको अनौपचारिक सुरूवात शिवस्तुतिबाट गरिएको छ। मिथिला सांस्कृतिक परम्परा अनुसार कार्यक्रम सुरूवात गरिने प्रवक्ता मनिष झाले जानकारी दिएका छन्।