३० आश्विन २०८३, शुक्रबार

बालेन सरकारको सदस्य बन्न चाहन्छु, मलाई जिताउनुस् : मनिष झा

0
Shares


काठमाडौं ।राष्ट्रिय स्वतन्त्र पार्टीका प्रवक्ता मनिष झाले जनकपुर क्षेत्र नम्बर ३ बाट उम्मेदवार घोषणा गरेका छन् ।जनकपुरधाममा रास्वपाको चुनावी सभालाई सम्बोधन गर्दै उनले बालेन नेतृत्वमा बन्ने सरकारको सदस्य बन्न चाहेकाले आफूलाई विजयी गराउन आग्रह गरे ।‘म बालेनजीको नेतृत्वमा बन्ने सरकारको एकजना सदस्यको रूपमा रहन चाहन्छु । त्यसका लागि तपाईंहरूले मलाई मत दिनुपर्छ, मन दिनुपर्छ, सहयोग गर्नुपर्छ,’ उनले भने ।आफू निर्वाचित भए जानकी मन्दिरलाई विश्वसम्पदा सूचीमा सूचीकृत गराउने, अयोध्यादेखि जनकपुर जोडिने भन्दै उनले जनकपुुरलाई अध्यात्मको राजधानीको रूपमा विश्वभर परिचित गराउने प्रतिबद्धता जनाए ।उनले युवाहरूका लागि रामजानकी रंगशाला निर्माण गर्ने, सुशासन र सार्वजनिक सेवा वृद्धिमा काम गर्ने बताए ।

प्रवक्ता तथा उम्मेदवार झाले रास्वपासँग १०, १५ र २० वर्षमा कहाँ पुग्ने भन्ने योजना रहेको भन्दै त्यही योजनालाई हेरेर मत दिन आग्रह गरे ।
उनले अमरेशकुमार सिंहको नेतृत्वमा मधेशमा परिवर्तन गरेर देखाउने बाचा गरे ।‘एकपटक मौका दिनुस्, एक हजार आठ सय २५ दिनपछि अरु अर्को चुनावमा एकपटक मौका दिनुस् भनेर याचना लिएर आउनेछन्, हामी हामी रिपोर्ट कार्ड लिएर आउनेछौं,’ उनले भने ।