अमरेशकुमार सिंह र रहबर अन्सारी रास्वपामा प्रवेश
काठमाडौँ । विघटित प्रतिनिधिसभाका स्वतन्त्र सांसद डा। अमरेशकुमार सिंह राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा प्रवेश गरेका छन् ।सोमबार मधेस प्रदेशको राजधानी जनकपुरमा भएको बलिदानी दिवसको अवसर पारेर सिंह रास्वपा प्रवेश गरेका हुन् । लामो समय कांग्रेसको राजनीति गरेका सिंह २०७९ सालको निर्वाचनमा पार्टी छोडेर स्वतन्त्र उम्मेदवारी दिएका थिए । यो पटक रास्वपाबाट सर्लाही ४ बाट उम्मेदवारी दिने घोषणा गरिसकेका छन् ।यस्तै मधेस प्रदेश सभामा नेपाली कम्युनिस्ट पार्टी९साविक माओवादी केन्द्र०का सांसद रहेका रहबर अन्सारी पनि रास्वपा प्रवेश गरेका छन् । अन्सारीले पार्टीको नीति र नेतृत्वप्रति असन्तुष्टि जनाउँदै केहि दिनअघि पार्टी र प्रदेश सभा सदस्यबाट राजीनामा दिएका थिए ।
कार्यक्रममा बोल्दै अन्सारीले मधेसबाट पहिलोपटक बालेन शाह देशकै नेतृत्वमा पुग्न लागेकाले रास्वपालाई विजयी गराउन अन्सारीले अपिल गरे । उनले भने ‘यो देशको नेतृत्वमा पहिलोपटक मधेसबाट बालेन शाह पुग्दैछन् । अहिलेसम्म मधेसबाट कोही पनि नेतृत्वमा पुगेका थिएन । सँगसँगै सभापति रवि लामिछानेले त्याग गर्नुभएको छ । सडेगलेका नेताहरूको कुनै पनि भाषण नसुन्नुहोला । सबै नेताहरूले झुटो आश्वासन मात्र दिए । यसपटक घण्टी चुनाव चिन्हमा भोट हालेर देखाइदिनु होला’,
RELATED NEWS ARTICLES


WRITE COMMENTS FOR THIS ARTICLE