काठमाडौं। रास्वपा सभापति रवि लामिछानेले आफू सबैभन्दा धेरै मत ल्याउने पार्टी बनेर संसद्मा जाने दाबी गरेका छन् ।सोमबार जनकपुरमा आयोजित सभालाई सम्बोधन गर्ने क्रममा उनले यसअघि आफू सबैभन्दा धेरै भोट ल्याउने सांसद बनेको र अब सबैभन्दा धेरै मत ल्याउने पार्टी बनेर संसद्मा जाने जिकिर गरे ।्लामिछानेले अघिल्लो सरकारले लगाएको झूटा मुद्दाले आफू फेरि जेल जानुपरे पनि चिन्ता नभएको बताए।राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले बालेन शाहसँग आफ्नो वार्ता ५ मिनेटमै सकिएको बताएका छन्।
जनकपुरमा आयोजित पार्टीको सभालाई सम्बोधन गर्दै ५ मिनेटमा वार्ता सकिएपनि बाँकी समय चिन्नको लागि गरेको बताए।उनले आफूहरू देशको हित र जनताको चाहना अनुसार एक ठाउँमा आएको बताए। उनले बालेनसँग वार्तापछि भित्तामा टाँसेर राखेको आमाको फोटोसँग कुरा गरेको स्मरण गरे। उनले बालेनले देश बनाउने कुरामा आफू विश्वस्त गरेको बताए।