बिहिबार, बैशाख ३, २०८३
Thursday, April 16, 2026

बालेन्द्र साहले झापा क्षेत्र नं. ५ बाट प्रतिनिधि सभा उम्मेदवारी दर्ता गराए

  • 30
  •  
  •  
  •  
  •  
  •  
  •  
    30
    Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र साहले प्रतिनिधि सभा निर्वाचनका लागि झापा क्षेत्र नं.५ बाट उम्मेदवारी दर्ता गराएका छन् ।

मंगलवार दमकस्थित निर्वाचन अधिकृतको कार्यालयमा पुगेर साहले मनोनयन दर्ता गराएका हुन्।

यसअघि जनकपुरमा पार्टी सभापति रवि लामिछानेबाट टिकट लिएका साहले उम्मेदवारी दर्तापछि कार्यकर्तालाई सम्बोधन गर्दै परिवर्तनको एजेण्डा बोकेर चुनावी मैदानमा उत्रिएको बताए ।

झापा–५ लाई राष्ट्रिय राजनीतिको चर्चाको केन्द्र बनाएको यो क्षेत्रमा नेकपा (एमाले) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीसँग शाहको प्रत्यक्ष भिडन्त हुने पक्का भएको छ । ओलीले पनि यसै क्षेत्रबाट उम्मेदवारी दर्ता गराउदैछन् ।

दुवै नेताले आफूलाई भावी प्रधानमन्त्रीका रूपमा प्रश्तुत गरेका छन् । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा यो क्षेत्र सर्वाधिक रोचक प्रतिष्पर्धाको केन्द्र बनेको छ ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x