नेकपा एमालेका सचिव महेश बस्नेतले गराए भक्तपुर क्षेत्र नम्बर २ बाट उम्मेदवारी दर्ता
काठमाडौँ । नेकपा एमालेका सचिव महेश बस्नेतले नेकपा एमाले र आफ्नो चुनावी मुख्य मुद्दा राष्ट्रियता जोगाउने भएको बताएका छन् ।
मंगलबार भक्तपुर निर्वाचन क्षेत्र नम्बर २ बाट उम्मेदवारी दर्ता गरेपछि प्रतिक्रिया दिँदै बस्नेतले यस्तो बताएका हुन् ।
बस्नेतले भने, ‘फागुन २१ को चुनाव होला कि नहोला भन्ने आशङ्कामा दलहरू थिए । सरकारका गतिविधि र कांग्रेसको विवादले त्यो शंका थपिएको थियो’ तर, ‘माघ ६ गतेसम्म आउँदा दर्ता प्रक्रिया भएको छ ।’
उनले एमाले हामी सर्तकतापुर्वक निर्वाचनमा गएको भन्दै विगतमा एमालेले गरेका कामहरूलाई केन्द्रित भएर घोषणापत्र बनाउँदै मतदातासँग जाने बताए ।
‘विदेशीहरू विभिन्न एनजीओका नाममा घुसेर मुलुकको राष्ट्रियता कमजोर बनाउने प्रयास भइरहेको आरोप लगाउदै उनले आफुहरुको मुख्य एजेन्डा राष्ट्रियता जोगाउने र वैदेशिक हस्तक्षेप रोक्ने हुने उनको भनाइ छ ।
उनले लोकतान्त्रिक व्यवस्था र बहुदलीय व्यवस्था जोगाउने कुरामा दृढताका साथ लाग्ने भन्दै भक्तपुरमा मित्रवत् प्रतिस्पर्धा हुने बताए ।
RELATED NEWS ARTICLES


WRITE COMMENTS FOR THIS ARTICLE