रास्वपाका राजुनाथ पाण्डेले गराए काठमाडौं क्षेत्र नम्बर ३ बाट उम्मेदवारी दर्ता
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार राजुनाथ पाण्डेले काठमाडौँ निर्वाचन क्षेत्र नम्बर ३ बाट उम्मेदवारी दर्ता गरेका छन् ।
पाणडेले मंगलबार बिहान राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यकर्तासहित निर्वाचन अधिकृतको कार्यालय पुगेर उम्मेदवारी दर्ता गरेका हुन् ।
पाण्डेका प्रस्तावक राष्ट्रिय स्वतन्त्र पार्टी काठमाडौँ क्षेत्र नम्बर ३ सभापति उज्ज्वल सापकोटा बचन र समर्थक विश्वराज रिजाल रहेका छन् ।
पाण्डे भन्दा अघि ३ बाट प्रगतिशील लोकतान्त्रिक पार्टी, जसपा, मंगल नेशनल र अन्य ३ जना स्वतन्त्र उम्मेदवारी दर्ता गरेका छन् ।
RELATED NEWS ARTICLES


WRITE COMMENTS FOR THIS ARTICLE