इलाममा बालेनको घरदैलो
काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टीका नेता बालेन शाह चुनाव प्रचारका क्रममा इलाम पुगेर मतदाता भेटि रहेका छन् ।उनले इलाममा घरदैलोका साँथै कार्यकर्ता र समर्थकसँग भेटघाट पनि गरेका छन् । इलामको घरदैलोमा उनीसँगै इलाम प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर १ का रास्वपा उम्मेदवार विमल गदाल र क्षेत्र नम्बर–२ का उम्मेदवार गोकुलबहादुर राई पनि थिए । झापा–५ का प्रतिनिधिसभा उम्मेदवार शाहले बिहीबार बिहान इलामा आफ्ना दलका उम्मेदवारलाई भोट मोगका हुन् । मंगलबार प्रतिनिधिसभा सदस्यका लागि केपी शर्मा ओलीसँग प्रतिस्पर्धा गर्न मनोनयन दर्ता गरेका शाहले बुधबार दमकस्थित सम्पर्क कार्यालयमा समर्थक र पार्टी कार्यकर्तासँग भेटघाट गरेका थिए ।
उनले झापा, मोरङ र सुनसरीमा रास्वपाका उम्मेदवारसँग पनि भेटघाट गरे । रास्वपाबाट प्रधानमन्त्रीको उम्मेदवारको रुपमा अघि सारिएका बालेनलाई रास्वपाले झपा क्षेत्र नम्बर ५ मा उम्मेदवार बनाएपनि अन्य क्षेत्रको प्रचारप्रसारमा उनलाई प्रयोग गर्ने रणनीति बनाएको छ ।
RELATED NEWS ARTICLES


WRITE COMMENTS FOR THIS ARTICLE