डा. बाबुराम भट्टराईद्वारा उम्मेदवारी फिर्ताको घोषणा
काठमाडौँ । आसन्न निर्वाचनमा प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवार बनेका प्रगतिशील लोकतान्त्रिक पार्टीका संरक्षक डा। बाबुराम भट्टराईले उम्मेदवारी फिर्ता लिएका छन् ।
फागुन २१ गते हुन लागेको निर्वाचनका लागि डा भट्टराईले गोरखा–२ बाट उम्मेदवारी दर्ता गराएका छन् ।यसअघि, निर्वाचनमा उम्मेदवार नबन्ने घोषणा गरेका भट्टराईलाई अन्तिम समयमा पार्टीले उम्मेदवार बनाएको थियो । तर, सो क्षेत्रका अन्य दलका उम्मेदवारहरूले भट्टराईलाई उम्मेदवारी फिर्ता लिन आग्रह गरेपछि भट्टराईले आफ्नो निर्णय पुनर्विचार गरेका हुन् ।
RELATED NEWS ARTICLES


WRITE COMMENTS FOR THIS ARTICLE