मङ्लबार, माघ २८, २०८२
Tuesday, February 10, 2026

हरिबोल गजुरेल र महेश्वर दाहाल सहित अन्य नेताहरु नेकपाबाट निस्कासन

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका नेता हरिबोल गजुरेल र महेश्वर दाहाल पार्टीबाट निस्कासनमा परेका छन् ।

पार्टीको निर्णय विपरित सिन्धुली २ बाट प्रतिनिधिसभा सदस्यमा महेश्वर दाहालले उम्मेदवारी दर्ता गरेपछि गजुरेल र दाहाल कारबाहीमा परेका हुन् ।

आगामी फागुन २१ गते प्रतिनिधिसभा सदस्यको निर्वाचन हुँदैछ । उक्त निर्वाचनमा सिन्धुली २ बाट महेश्वर दाहाल पनि पार्टीबाट टिकटका आकांक्षी थिए । टिकट नपाएपछि स्वतन्त्र उम्मेदवारी दिएका छन् ।

सिन्धुली २ मा नेकपाका आधिकारिक उम्मेदवार लेखनाथ दाहाल (राजन) रहेका छन् । लेखनाथले गत निर्वाचनमा सिन्धुली २ बाट चुनाव जितेका थिए ।

बागी उम्मेदवार महेश्वरलाई समर्थन गरेका कारण हरिबोल गजुरेल पनि कारबाहीमा परेका हुन् ।

पार्टीको निर्णय र निर्देशनविपरित उम्मेदवार बनेका र त्यस्ता उम्मेदवारका प्रस्तावक, समर्थक तथा प्रचारक बनेका कार अनुशासनको कारवाही गर्दै पार्टीबाट निस्कासन गरिएको नेकपाले जनाएको छ ।

यस्तै उनिहरुजस्तै पार्टीको विधानको दफा १०६ बमोजिम अनुशासनको कारवाही गर्दै पर्टाीबाट स्किासन हुनेमा दाङका कुलप्रसाद के.सी, उदयपुरका मेजर राई, सिरहाका धर्मनाथ साह, राजकुमारी साह तथा जिवछ साह रहेका छन् ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x