मङ्लबार, माघ २८, २०८२
Tuesday, February 10, 2026

ओलीको पछिल्लो अभिव्यक्तिप्रति गोकुल बास्कोटाको असन्तुष्टि

काठमाडौं। नेकपा एमालेका नेता गोकुल बास्कोटाले पार्टी अध्यक्ष केपी शर्मा ओलीको पछिल्लो अभिव्यक्तिप्रति असन्तुष्टि जनाएका छन् ।

शनिबार सामाजिक सञ्जाल फेसबुकमार्फत धारणा सार्वजनिक गर्दै बास्कोटाले आफूले आफ्नो धर्म, कर्तव्य र दायित्व नबिर्सिएको उल्लेख गरेका छन् । पूर्वाग्रह र प्रतिशोध प्रजातान्त्रिक गुण नभएको उनको भनाइ छ ।

नेता बास्कोटाको प्रतिक्रिया गत बिहीबार एक सञ्चार माध्यमा प्रकाशित अध्यक्ष ओलीको अन्तर्वार्तापछि आएको हो । उक्त अन्तर्वार्तामा ओलीले नेता सुरेन्द्र पाण्डे र योगेशकुमार भट्टराईको यसपटक जित्ने अवस्था नरहेको तथा बिन्दा पाण्डेको उम्मेदवारीको कुनै आधार नभएको बताएका थिए । यसका साथै, उनले काभ्रेली नेता गोकुल बास्कोटाले कार्यकर्ता पङ्क्तिमा विभाजन ल्याएर अप्ठ्यारो स्थिति सिर्जना गरेको टिप्पणी गरेका थिए र यसै सन्दर्भमा बास्कोटाले मदन भण्डारीको राजनीतिक आदर्शलाई अहिले पनि आफूले मार्गदर्शक मानेको स्पष्ट पारेका छन् ।

यसअघि एमाले उपमहासचिव योगेश भट्टराईले पनि ओलीको भनाइप्रति टिप्पणी गर्दै अहिले पार्टीलाई जिताउने प्राथमिकता भएकाले विस्तृत प्रतिक्रिया नदिने बताएका थिए। यसबारे फागुन २१ गतेको निर्वाचनपछि कुरा हुने भट्टराईको भनाइ थियो ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x