शुक्रबार, माघ २४, २०८२
Friday, February 6, 2026

देशको नेतृत्व गर्न खोज्नेसँग ‘पब्लिक डिबेट’ को माग सकारात्मक छ, म तयार छु : ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले देशको नेतृत्व गर्न खोज्नेसँग ‘पब्लिक डिबेट’ को माग सकारात्मक रहेको बताएका छन् । साथै उनले आफू र आफ्नो पार्टी एमाले यसका लागि तयार रहेको उल्लेख गरेका छन् ।

सामाजिक सञ्जाल फेसबुकमार्फत् एमाले अध्यक्ष ओलीले अहिले उठिरहेको विषयलाई आफूले सकारात्मक रूपमा लिएको जानकारी गराएका छन् । प्रधानमन्त्रीको दाबेदारका रूपमा दलहरुबाट अघि सारिएका एमाले अध्यक्ष ओली, कांग्रेसका सभापति गगन थापा, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का बालेन शाहलगायतलाई ‘पब्लिक डिबेट’ गर्नुपर्ने माग अहिले सामाजिक सञ्जालमा चलेको छ ।

देशको नेतृत्व गर्न खोज्ने दलहरूका एजेण्डा के छन्? देश निर्माणमा यसअघि के कस्ता काम गरे, अब गर्ने कामको रोडम्याप, योजना र खाका के छ ? लगायत सार्वजनिक रूपमा उठेका यस्ता प्रश्नमा आमने सामने बहसको माग अत्यन्त सकारात्मक रहेको उनको भनाइ छ । उनले सिधा प्रश्न सोध्न खडा गरिएको मञ्चमा उभिएर आफ्ना एजेण्डा राख्ने प्रतिबद्धतासहित अन्य पक्षलाई पनि ल्याउन आग्रह पनि गरेका छन् ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x