राष्ट्रियसभा निर्वाचन स् मधेसमा गठबन्धनका उमेदवार निर्वाचित
काठमाडौं । राष्ट्रियसभा निर्वाचनमा मधेस प्रदेशमा गठबन्धनका उमेदवार निर्वाचित भएका छन् ।
आइतबार चार सिटका लागि मधेस प्रदेशमा भएको निर्वाचनमा नेपाली कांग्रेस, नेकपा एमाले र जसपा नेपालको गठबन्धनका उमेदवार विजयी भएका हुन् ।
महिलातर्फ एमालेकी उमेदवार रेखा झाले सात हजार २२२ मत ल्याएर निर्वाचित भएकी छन् । उनको प्रतिद्वन्द्वी नेपाली कम्युनिस्ट पार्टी नेकपाका उमेदवार शमीकुमारी अग्रवालले एक हजार ९४४ मत ल्याएकी छन् ।
अल्पसंख्यकतर्फ कांग्रेसका रंजित कर्ण विजयी भएका छन् । उनले आठ हजार ९३ मत पाए भने उनका प्रतिद्वन्द्वी नेकपाका रामनन्दन प्रसादले एक हजार ३६१ मत पाए ।
यस्तै, जसपा नेपालका नेता महन्थ ठाकुरले सात हजार ७२५ मत ल्याई विजयी भए । उनका प्रतिद्वन्द्वी नेकपाका लक्ष्मण पौडेलले एक हजार ८०५ मत ल्याए ।
दलिततर्फ कांग्रेसका धर्मेन्द्र पासवान विजयी भएका छन् । पासवानले सात हजार ९०४ मत ल्याए । उनका प्रतिद्वन्द्वी नेकपाका शम्भु पासवान हजारीले एक हजार ३७६ मत ल्याए ।
RELATED NEWS ARTICLES


WRITE COMMENTS FOR THIS ARTICLE