सर्लाही पुगे काँग्रेस सभापति गगन थापा
काठमाडौँ ।नेपाली कांग्रेसका सभापति गगन थापा सोमबार आफूले उमेदवारी दिएको निर्वाचन क्षेत्र सर्लाही–४ पुगेका छन् ।
एसअघी वारेस मार्फत उम्मेदवारी दताए गराएका सभापति थापा निर्वाचका क्रममा पहिलोपटक सर्लाही पुगेका हुन् । उनलाई सिमरा विमानस्थलमा कांग्रेसका नेता तथा कार्यकर्ताले भब्य स्वागत गरेका थिए । काठमाडौं–४ छाडेर सर्लाहीबाट उम्मेदवार बनेका थापा आफ्नो निर्वाचन क्षेत्रका मतदातासँग प्रारम्भिक छलफल गरेर काठमाडौं फर्कनेछन् । थापाले सर्लाही–४ का मतदाताको पनि सुझाव ग्रहण गर्ने उनको टिमले जनाएको छ ।
यसैबीच कांग्रेसले निर्वाचन क्षेत्रबाट प्राप्त सुझाव र विज्ञको परामर्शमा चुनावी घोषणापत्रको मस्यौदा तयार गर्दै छ । घोषणापत्रमा परिवर्तनको संवाहक शक्तिका रूपमा कांग्रेसलाई प्रस्तुत गर्ने तयारी छ । सभापति थापा सर्लाहीबाट फर्किएपछि घोषणापत्रको मस्यौदालाई टुंग्याउने गरी काम अघि बढाइने जनाइएको छ ।
RELATED NEWS ARTICLES


WRITE COMMENTS FOR THIS ARTICLE