दल र उम्मेदवारको चुनावी खाता खोल्ने व्यवस्था मिलाउन राष्ट्र बैंकको निर्देशन
काठमाडौँ ।नेपाल राष्ट्र बैंकले चुनावी प्रयोजनका लागि दल र उम्मेदवारको बैंक खाता खोल्ने व्यवस्था मिलाउन बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिएको छ । निर्वाचन आयोगले गरेको अनुरोधपछि केन्द्रीय बैंकले एक पत्रमार्फत् बैंक खाता खोल्ने व्यवस्था मिलाइदिन बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिएको हो ।आयोगले बैंक खाता बन्द गर्न लगाउँदासम्म सञ्चालन हुने गरी आयोग मातहतका प्रदेश निर्वाचन कार्यालय तथा जिल्ला निर्वाचन कार्यालयको सिफारिसमा खाता खोल्न सकिने उल्लेख छ ।
हरेक राजनीतिक दल तथा ती दलबाट प्रतिनिधित्व गर्ने समानुपातिक एवम् प्रत्यक्ष उम्मेदवार तथा स्वतन्त्र उम्मेदवारको छुट्टै खाता खोली सञ्चालनको व्यवस्था मिलाउन केन्द्रीय बैंकले सूचनामार्फत आग्रह गरेको हो ।
RELATED NEWS ARTICLES


WRITE COMMENTS FOR THIS ARTICLE