शनिबार, माघ १८, २०८२
Saturday, January 31, 2026

द्रुतमार्गमा प्रधानमन्त्री कार्कीको निरीक्षण : धाार्मिक विश्वास र सम्पदालाई असर नपार्न निर्देशन

काठमाण्डौ । प्रधानमन्त्री सुशीला कार्कीले काठमाडौं–तराई द्रुतमार्गको निरीक्षण गरेकी छिन् ।प्रधानमन्त्री कार्की मंगलबार बिहानै द्रुतमार्ग निरीक्षणमा निस्किएकी हुन् ।

निरीक्षणका क्रममा प्रधानमन्त्री कार्कीसँग परराष्ट्रमन्त्री बालनन्द शर्मा समेत सहभागी छन् । उनीहरूले द्रुतमार्ग निर्माणको प्रगति, गुणस्तर तथा समयसीमाबारे जानकारी लिएको बताइएको छ । सरकारले राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको काठमाडौं–तराई द्रुतमार्गलाई प्राथमिकतामा राखेर काम अगाडि बढाइरहेको जनाएको छ ।नेपाली सेनाको व्यवस्थापनमा निर्माणाधीन द्रुत मार्गको विस्तृत आयोजना प्रतिवेदन डीपीआर स्वीकृतमा समय लाग्दा आयोजनाको काम शुरु गर्न केही ढिलाइ भएको थियो । कुल ७० दशमलव ९७७ किलोमिटर लम्बाइको आयोजनाको भौतिक प्रगति अहिलेसम्म झन्डै ४५ प्रतिशत हाराहारी छ ।

द्रुतमार्गअन्तर्गत ८७ वटाभन्दा बढी पुल निर्माण गर्नुपर्नेछ । तीमध्ये केही विशिष्ट प्रकृतिका ८२ मिटरसम्म अग्ला पुल छन् । त्यस्ता पुलसमेत निर्माणको अन्तिम चरणमा पुगिसकेकाले आयोजना निर्धारित मिति आउँदो २०८३ चैत मसान्त र प्रारम्भिक अनुमानित लागत २ खर्ब १३ अर्बभित्रै निर्माण सम्पन्न गर्ने सेनाले जनाएको छ ।यो काठमाण्डौ उपत्यकासँग मध्यतराईको सिधा सम्पर्क जोड्ने छोटो दूरीको राजमार्ग हुनेछ । निर्माणपछि तराईबाट काठमाण्डौ ल्याइने सामान ढुवानीमा ठूलो मात्रामा लागत र समय घट्ने तथा देशको आर्थिक विकासमा टेवा पुग्ने अपेक्षा छ । आयोजनाअन्तर्गतका सात वटा सुरुङ छन् । सेनाले आयोजनाको लक्ष्यअनुसार कार्यसम्पन्न गर्न विशेष प्रयास गरिरहेको सेनाले जनाएको छ ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x