मङ्लबार, माघ २८, २०८२
Tuesday, February 10, 2026

कोलम्बियामा यात्रुवाहक विमान दुर्घटना हुँदा १५ जनाको मृत्यु

काठमाडौं । कोलम्बियाको उत्तरी क्षेत्रमा एक यात्रुवाहक विमान दुर्घटना हुँदा विमानमा सवार सबै १५ जनाको ज्यान गएको छ ।

कोलम्बियाको सरकारी स्वामित्वको विमान सेवा कम्पनी साटेनाले दुर्घटनाको पुष्टी गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । साटेनाका अनुसार बीच क्राफ्ट १९०० मोडेलको विमान दुर्घटनामा परेको हो । दुर्घटनाको कारणबारे विस्तृत विवरण सार्वजनिक गरिएको छैन । दुर्घटनाग्रस्त विमानको भग्नावशेष पहाडी क्षेत्रमा फेला परेको बीबीसीले जनाएको छ । विमानमा १३ जना यात्रु र २ जना चालक दलका सदस्य थिए । यात्रुहरूमा सांसद डिओजेनेस क्विन्टेरो अमाया र आगामी संसदीय चुनावका उम्मेदवार कार्लोस साल्सेडो पनि रहेको खबरमा उल्लेख छ ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x