सोमवार, जेष्ठ १८, २०८३
Monday, June 1, 2026

स्टन्ट गरेर प्रणाली सुधार हुँदैनः गगन थापा

काठमाडौं। नेपाली काँग्रेसका सभापति गगन थापाले प्रणालीमा सुधार गर्न सही कानुन बनाउनुपर्ने बताएका छन्। शनिवार काठमाडौं निर्वाचन क्षेत्र नम्बर ४ पार्टी कार्यकर्ताहरुसँगको भेटघाटका क्रममा उहाँले स्टन्ट गरेर सुधार गर्न नसकिने बताएका हुन। उनले सार्वजनिक संस्थाहरूमा हुने आर्थिक कारोबारलाई पारदर्शी बनाउन स्टन्ट र चटक देखाएर नभई सही कानून र प्रक्रिया निर्माण गरेर मात्र सम्भव हुने बताए । सभापति थापाले नेपाली काँग्रेस प्रणाली र प्रक्रियामार्फत सुधार गर्ने कुरामा विश्वास राख्ने पार्टी भएको उल्लेख गरे।विश्वविद्यालय तथा संवैधानिक निकायमा हुने भागबण्डाको अन्त्य गर्ने दाबी गरे । निजामती कर्मचारीमा हुने राजनीतिकरणको पनि बन्द गर्ने उनको भनाई छ ।

उनले भने , ‘हाम्रा सार्वजानिक संस्थाहरुबाट, निकायहरुबाट हुने कारोबारमा कुनै पनि आर्थिक लेनदेन नहोस् भन्ने कुरा हामी सबैले चाहेका छौँ नी । तर त्यसको परिणाम आउनको निम्ति जादु गर्छु, चटक गर्छ, डण्डा बोकेर जान्छु, म स्टन्ट देखाउँछु भनेर हुँदैन । सिष्टम बनाउनुपर्नेछ । ठीक कानुनहरु बनाउनुपर्नेछ, प्रक्रियाहरु बनाउनुपर्नेछ । काँग्रेस यो सिष्टम बनाउने कुरामा विश्वास गर्छ, प्रक्रियाहरु बनाउने कुरामा विश्वास गर्छ । हामी यहाँबाट परिणाम दिन चाहन्छौँ । हामी सबै ठाउँमा जहाँ पार्टीले हस्तक्षेप गरेको छ, चाहे विश्वविद्यालयमा भागवण्डा गरेको होस्, चाहे संवैधानिक निकायमा भागबण्डा गरेको होस् । चाहे निजामति कर्मचारीको राजनितिककरण गरेको होस् । हामी सबै कुराहरु बन्द गर्छौ । यो काँग्रेसको संकल्प हो ।’

उनले सुधार र सुशासनमार्फत परिणाम दिन काँग्रेस प्रतिबद्ध रहेको पनि बताउनु भयो । उहाँले सुधारको लागी आफूहरुले योजना बनाएको पनि जानकारी दिए ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x