शनिबार, माघ १८, २०८२
Saturday, January 31, 2026

काठमाण्डौ–तराई द्रुतमार्गका अग्ला पुल र सुरुङ निर्माणमा उत्साहजनक प्रगति

काठमाडौं। राष्ट्रिय गौरवको आयोजना काठमाण्डौ–तराईरमधेस द्रुतमार्गमा अग्ला पुल र सुरुङ निर्माणले गति लिएको छ । नेपाली सेनाले साढे आठ वर्षअघि जिम्मा लिएको काम लामो समय सुस्त बनेकोमा अहिले लय समातेको हो ।मकवानपुरको धेद्रे र लेनडाँडामा ८२ मिटर अग्ला पुलका पिलरहरू ठडिएका छन् । जितपुर र चालिसे खोलामाथिका झन्डै ३ सय मिटर लामा पुलहरू निर्माणको अन्तिम चरणमा पुगेका छन् ।

झन्डै ११ किलोमिटर लम्बाइका सात वटा सुरुङमध्ये धेद्रे र लेनडाँडा सुरुङको ब्रेक थ्रु भइसकेको छ ।साढे तीन किलोमिटर लामो महादेवटार सुरुङको ७० प्रतिशत काम सकिएको नेपाली सेनाका प्राविधिकहरूले जानकारी दिएका छन् । झन्डै २ खर्ब १२ अर्ब रुपैयाँ लागत अनुमान रहेको आयोजनामा अहिलेसम्म ८३ अर्ब रुपैयाँ खर्च भइसकेको छ । भौतिक प्रगति ४५ प्रतिशतभन्दा केही बढी छ ।

काठमाण्डौतर्फको प्रवेशबिन्दु मानिने खोकना क्षेत्रमा भने जग्गा अधिग्रहण र सांस्कृतिक सम्पदा संरक्षणको विवादले निर्माण कार्य ठप्प प्रायः छ । प्रधानमन्त्री सुशीला कार्कीले हालै स्थलगत निरीक्षण गर्दै आवश्यक परेमा आयोजनाको रेखाङ्कन नै परिवर्तन गर्न सरकार तयार रहेको बताउनुभएको छ ।नेपाली सेनाले २०८३ चैतभित्र सक्ने लक्ष्यका साथ काम भइरहेको जनाएको छ । चार लेनको यो द्रुतमार्ग सम्पन्न भएपछि काठमाण्डौबाट निजगढसम्मको यात्रा झन्डै एक घण्टामा सकिनेछ ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x