शनिबार, माघ १८, २०८२
Saturday, January 31, 2026

बालेनलाई बतासे अण्डाको संज्ञा दिँदै ओलीले भनेः देश जलाउने शक्तिबाट चल्ला निस्किँदैन

काठमाडौं।नेकपा एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र साहप्रति लक्षित गर्दै बतासे अण्डाबाट चल्ला ननिस्किने टिप्पणी गरेका छन्। नेकपा एमाले ओखलढुंगा–काठमाडौं सम्पर्क मञ्चले आयोजना गरेको प्रतिनिधि भसा निर्वाचन केन्द्रित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले यस्तो टिप्पणी गरेका हुन।

उनले अहिले लडाईं देश जलाउने की देश बनाउनेहरुको बीचमा रहेको बताए।साह झापा ५ मा आफूसँग ठुटे सिंङ लिएर सिंगौरी खेल्न पुगेको टिप्पणी गरे।उनले नेकपा एमाले देश बनाउन शक्ति भएको बताउँदै देश जलाउने शक्तिहरु कहिल्यै सफल नहुने बताए। उनले उनीहरुले देश जलाएको पनि स्वीकार गरिसकेको बताए।अराजकता मच्चाउँदै जाने की विधिको शासन, कानूनको राज बनाउँदै जाने भन्ने हिसाव आगामी निर्वाचनले गर्ने बताए। ओखलढुंगाबाट अस्मिता थापालाई विजयी गराएर पठाउनेमा आफू विश्वस्त रहेको बताउँदै अध्यक्ष ओलीले अस्मिता हार्नु एउटा ठाउँमा देश हार्नु सरह भएको जिकिर गरे ।

उनले भने , ‘अहिले लडाईं देश जलाउने की देश बनाउनेहरुको बीचमा छ । हामी देश बनाउने शक्ति हौँ । अरु देश जलाउने शक्ति हुन्, पार्टी हुन् । त्यसको जिम्मा पनि अहिले उनीहरुले स्वीकारिसके हामी हौँ भनेर । अब भविष्यमा देश जलाउँदै जाने की बनाउँदै जाने रु अराजकता मच्चाउँदै जाने की विधिको शासन, कानूनको राज बनाउँदै जाने की देशमा बढ्दै जाओस् भनेर अनुकुल बनाउने, देशमा लडाईं गराउनेहरु छन् । म विश्वस्त छु, यहाँहरुले अस्मितालाई विजयी गराउनुहुनेछ । सूर्य चिन्हलाई विजयी गराउनुहुनेछ । नेकपा एमालेलाई विजयी गराउनुहुनेछ । देशलाई विजयी गराउनुहुनेछ । देशलाई हार्न दिनु हुनेछैन । अस्मिता हार्नु भनेको १६५ मध्ये एउटा ठाउँमा देश हार्नु हो । एउटा ठाउँमा पनि देश हार्नु हुँदैन । अस्मितालाई जिताएर पठाउनुस् । मेरै ठाउँमा पनि केही ठुटे सिङ लिएर पुगेका छन् । सिंगौरी खेल्न । मैले धेरै केही भन्न पर्दैन, अण्डा दुई प्रकारका हुन्छन् एउटा बतासे र एउटा साँच्चिकैको । बतासे अण्डाबाट चल्ला निक्लिदैन । यि बतासे अण्डाबाट पनि चल्ला निस्किने छैन । यि बतासका खेती गरिरहेका छन् । यिनीहरुका उद्देश्य छैन, विचार छैन । भोलि उठी कहाँ जाने केही थाहा छैन । फर्की आउने हो की होइन त्यो पनि थाहा छैन । आगो झोस्न जानेको छ, देश बिगार्न, भड्काउन, तोडफोड गर्न जानेको छ । लुटपाट गर्न जानेको छ । आगजनजी गर्न जानेको छ । ’

अध्यक्ष ओलीले रास्वपा लगायतका शक्तिहरुले लुटपाट गर्न, आगजनी गर्न मात्रै जानेको बताएका छन्।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x