बिहिबार, बैशाख ३, २०८३
Thursday, April 16, 2026

हिमाली क्षेत्रमा फागुन २१ को निर्वाचन ‘नाटक’ मात्रः ओली

काठमाडौंनेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकार निर्वाचन गराउनेतर्फ अग्रसर नरहेको आरोप लगाएका छन्। नेकपा एमाले ओखलढुंगा–काठमाडौं सम्पर्क मञ्चले आयोजना गरेको प्रतिनिधि सभा निर्वाचन केन्द्रित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन। उनले सरकारले एउटा पनि राम्रो काम नगरेको, नराम्रो कामको डंगुर बनेको र फागुन २१ गते घोषित प्रतिनिधि सभा निर्वाचन उच्च हिमाली तथा पहाडी क्षेत्रमा व्यावहारिक नभएको आरोप लगाए। उनले निर्वाचनको मिति तोकिए पनि यसको व्यावहारिकता शंकास्पद रहेको बताए। अध्यक्ष ओलीले शहरी क्षेत्रमा जस्तो हिमाली तथा पहाडी क्षेत्रमा निर्वाचनको प्रभाव कम हुने र त्यहाँ राजनीतिक दलहरू बलिया भए पनि भोट खस्ने सम्भावना न्युन रहेको जिकिर गरे।

उनले भने , ‘उनीहरुले एउटा पनि राम्रो काम देशका लागि गरेका छैनन् । नराम्रोको डंगुर भइसक्यो । जन्मिदा जन्मिदै यिनीहरुको जन्मसँगै देशमा कस्तो कस्तो उपद्रव भइसक्यो । यिनीहरुको जन्मसँगै कत्रो उपद्रव भयो देशमा । यिनीहरुले खोजेको के हो रु राजनीतिको विरोध गर्दछन् । खराब राजनीति गर्दछन् । राजनीतिक दलहरुको विरोध गर्छन् अनि खराब दल निर्माण गर्दछन् । राजनीतिक गतिविधिको विरोध गर्दछन् । खराब गतिविधि सञ्चालन गर्दछन् । राजनीतिक नेताहरुको विरोध गर्दछन् । आरोप, अपराध नै अपराधका चाङमा उभिने खालका काम गर्दछन् । अहिलेको सरकार फागुन २१ गते चुनाव गर्छु भन्दैछ, २१ गते चुनाव हुन्छ की हुँदैन टुंगो छैन । हिमाली भेगमा मान्छे छैनन् । चुनावका लागि हिमाल चढ्न जस्तै अहिलेको समयमा कोही भोट खसाउन जानेवाला छैन । मान्छे नभएको ठाउँमा बाक्सा थापेर के हुन्छ । चार हजार जनाले भोट हाल्नुपर्ने ठाउँमा चार जनाले भोट हालेर बाक्सा फिर्ता पठाएर के हुन्छ । चुनावको नाटक हुन्छ । उच्च हिमाली भेगमा भोट खस्नेवालै छैन । त्यही पनि चुनाव गर्ने भनेर लागिरहेकै छ । यसकारण पनि गर्न खोजिरहेको छ, की शहरी क्षेत्रमा जस्तो उच्च पहाडी, पहाडी, हिमाली भूभागमा यस्ता प्रकारका दुष्प्रभावहरुको अर्थ र महत्व छैन । त्यहाँ राजनीतिक दलहरु बलिया छन्, त्यहाँका मान्छे भोट हाल्न नगएर के हुन्छ, त्यहाँ रित्तै बाक्सा फर्काएर के हुन्छ रु भन्ने उनीहरुलाई लागेको छ । मान्छे नभएका र भोट नखसाउने बेला चुनाव गर्दैछन् ।’

अध्यक्ष ओलीले राजनीतिक दलहरु बलियो भएको ठाउँमा बेवास्ता गरिएको बताए।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x