आइतवार, माघ १९, २०८२
Sunday, February 1, 2026

५२ दिनका लागि बजारबाट ३० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक

काठमाडौं । तरलता व्यवस्थापन गर्न नेपाल राष्ट्र बैंकले बजारबाट ३० अर्ब रुपैयाँ खिच्ने भएको छ ।

राष्ट्र बैंकले ५२ दिनका लागि निक्षेप संकलन उपकरणमार्फत ३० अर्ब रुपैयाँ खिच्न लागेको हो ।

निक्षेप संकलनको बोलकबोल आइतबार ९माघ १८ गते० हुनेछ । इच्छुक बैंक तथा वित्तीय संस्थाले दिउँसो ३ बजेसम्म अनलाइन बिडिङमार्फत बोलकबोल गर्नुपर्नेछ ।

बोलकबोल प्रक्रियामा ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाहरू मात्र सहभागी हुन पाउनेछन् ।

बजारमा रहेको अधिक तरलता व्यवस्थापनका लागि राष्ट्र बैंकले निक्षेप संकलन उपकरण प्रयोग गर्दै आएको छ । यसको साँवा र ब्याज भुक्तानी भने आगामी चैत ११ गते हुने बताइएको छ ।

साथै, यसको ब्याजदर भने बोलकबोल बाटै निर्धारण हुनेछ । बैंक तथा वित्तीय संस्थाहरुले न्यूनतम १० करोड र अधिकतम पाँच करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी निष्कासित रकमबराबर बोलकबोल गर्न सक्नेछन् ।

निक्षेप संकलनका लागि आह्वान गरिएको रकम बाँडफाँट गर्दा बोलकबोलबमोजिम सबैभन्दा कम ब्याजदरलाई पहिलो प्राथमिकतामा राखी क्रमशः बाँडफाँट गरिने पनि राष्ट्र बैंकले जनाएको छ ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x