एमालेको आन्तरिक मतभेद दोलखामा, बालकृष्णले नकारे चुनावी कमाण्डर बन्न
काठमाडौँ । दोलखामा नेकपा एमालेको किचलो छरपष्ट भएको छ । उम्मेदवार पार्वत गुरुङले एकलौटी गरी गरेको खुलासा भएसँगै विवाद बाहिरिएको हो । प्रतिनिधि सभा निर्वाचनका लागि उम्मेदवारी सिफारिस गर्दा पार्वतको एकल नाम सिफारिस भएसँगै आकांक्षीबीच असन्तुष्टि बढेको हो ।
त्यससँगै आकांक्षी बालकृष्ण शिवाकोटीले चुनावी कमाण्डरको जिम्मेवारीसमेत अस्वीकार गरेका छन् । शनिबार काठमाडौँको काँडाघारीमा बसेको एमाले दोलखा–काठमाडौँ सम्पर्क मञ्चको बैठकमा उनले जिम्मेवारी नलिने निर्णय सुनाएका हुन् ।
शिवाकोटीले पार्टी नेतृत्वको निर्णयप्रति असन्तुष्टि जनाउँदै अध्यक्ष नर श्रेष्ठको नेतृत्वमा गरिएको चयन आफूले स्वीकार गर्न नसक्ने स्पष्ट प्रतिक्रिया दिएका हुन् । उनले प्रक्रिया जेजस्तो किसिमले आउनु् पर्दथ्यो त्यो किसिमले नआएका कारणले आफूले नस्वीकार्ने बताए ।
उनले असहज परिस्थिति आयो भने पार्टीले आफूलाई टिकट दिँदा आफू तयार भएको बताए । उनले आनन्दप्रसाद पोखरेल अलि बढी लोभी र पार्वत गुरुङ अलि बढी षड्यन्त्र गर्ने मान्छे भएकोसमेत सुनाए ।
उनले भने, उहाँले विगतदेखि नै षड्यन्त्र गर्दै आउनु भएको छ । म त सोझो मान्छे । हिजो ०७९ मा पनि एकदम असहज थियो । गठबन्धनका बीचमा चुनाव लड्छु भनेँ । रहर लागेको चाहिँ ०७४ मा थियो अन्तिममा दिइएन ।
उनले पार्टीमा केही त पाइन्छ भन्ने आशा भएपछि लगभग पाइन्न भनेर लाग्नुहोला भनी कार्यकर्तालाई सुझाव दिए । उनले आफूलाई टिकट दिनुपर्छ वा पर्दैन भन्दैन भन्दा पनि कम्तीमा विचार विमर्श नगरी गैरजिम्मेवारीपूर्वक कुनै एक नेताको लोभमा पर्नु गलत भएको बताएका छन् ।
बालकृष्णमात्र होइन आकांक्षी नेताहरू सिफारिससम्ममा समेत नपर्दा रुष्ट भएका छन् । सोही असन्तुष्टिको परिणाम पार्टीभित्र चुनावी संरचनासम्म प्रभाव परेको विश्लेषण गरिएको छ ।
RELATED NEWS ARTICLES


WRITE COMMENTS FOR THIS ARTICLE