आइतवार, माघ १९, २०८२
Sunday, February 1, 2026

नेपाल अन्तर्राष्ट्रिय परिस्थितिको गम्भीर प्रभावमा छः नेता भट्टराई

काठमाडौं। नेकपा एमालेका सचिव डा राजन भट्टराईले नेपाल अन्तर्राष्ट्रिय परिस्थितिको गम्भीर प्रभावमा परिरहेको बताएका छन्।नेपाल आर्थिक पत्रकार संघ नाफिजले आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हन्।

उनले हालको विश्वव्यापी अव्यवस्था इन्टरनेशनल डिसअर्डरले नेपालमा राजनीतिक तथा अन्य क्षेत्रमा असर पारिरहेको र यो प्रभाव झन् गम्भीर बन्दै जाने चेतावनी दिए । उनले ठूला पार्टीहरू अफ्ठ्यारोमा परेपछि विदेशी हस्तक्षेप वा षड्यन्त्र देख्ने प्रवृत्तिलाई सामान्यीकरण गर्न खोजिएको बताए । तर यो सत्य नभएको पनि उनको भनाइ छ । उनकाअनुसार आजको ग्लोबल परिवेशमा अन्तर्राष्ट्रिय अव्यवस्था भत्किँदै गएको छ । जसको प्रभाव नेपालमा पर्दै गएको र अझ गम्भीर रूपमा पर्ने सम्भावना रहेको छ ।

उनले भने ,‘हामी एउटा अत्यन्त फरक खालको अन्तर्राष्ट्रिय परिस्थितिमा परेका छौँ । यसको असर हामी कहाँ कति पर्छ भन्नेबारेमा, त्यसको राजनीतिक असर परेको छ की छैन यहाँ त डिबेट छ । त्यसको असर पर्न थालेको छ । प्रभावको तानातानको बीचमा हामी पर्दैछौँ । किनभने हाम्रो लोकेशनले त्यो पार्नेतर्फ लगिरहेको छ । अहिले न्यारेटिभ के बनाइन्छ भने ठूला पार्टीहरु अफ्ठ्यारो परेपछि विदेशी हस्तक्षेप देख्छन्, षड्यन्त्र देख्छन् भनेर जेनेरलाइज गर्न खोजिएको छ । त्यो सत्य होइन । आजको ग्लोवल परिवेशमा जुन ढंगले इन्टरनेशनल डिसअर्डर भत्किँदै गएको छ । त्यसको प्रभाव हामीमा पर्दै गएको छ । अझ गम्भीर रुपमा पर्नेवाला छ । यसलाई हामीले हेलचेक्राँई ग¥यौँ भने छिटै नै यसको परिणाम देखिन्छ । यिभित्र डिभिजन शुरु भएको छ ।’

डा। भट्टराईले नेपालको भौगोलिक अवस्थितिले अन्तर्राष्ट्रिय शक्तिहरूको प्रभाव र तानातानीको केन्द्रबिन्दु बनाइरहेको बताउँदै यसलाई गम्भीरतापूर्वक लिनुपर्नेमा जोड दिएका छन्।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x